उमेश भुजेल,दिक्तेल।
खोटाङ्गको हलेसी तुवाचुङ्ग नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले शुरु गरेको बालिका बचत कार्यक्रम अन्र्तगत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक रु तिन हजार खातामा जम्मा गरिदिने गरेको छ । नगरपालिकाले छोरीको सालपा विकास बैंकको मुद्दती खातामा खोली दिएको छ । नगरपालिकाले गर्वती महिलाको स्वास्थ्य परिक्षण र छोरा र छोरी बिचको लैंगिक विभेद र भ्रुण हत्याको अन्त्यका लागि यो अभियान शुरु गरेको हलेसी तुवातुङ्ग नगरपालिकाकी उपप्रमुख विमला राईले बताइन् ।
नगरपालिकाले बालिका बचत कार्यविधी नै बनाएर यस कार्यक्रमलाई लागु गरेको छ । यसरी खाता खोल्न आउने अभिभावकलाई नगरपालिकाले गर्व परिक्षण नगर्दाका असर, हिंसाविरुद्ध भएको कानूनी व्यवस्थाका बारे जानकारीसमेत दिने गरेको छ उहाले बताउनु भयो । उहाले भन्नु भयो यस कार्यक्रमको मुख्य उदेश्य भनेको गर्ववति महिलाहरुलाई वडाका लैंगिक बर्थिङ सेन्टरमा प्रसुती गर्ने विकासका साथै लैंगिक विभेद् र भ्रुण हत्याको अत्य गर्नु हो ।
बर्थिङ भ्रुण हत्या र लैंगिक विभेद न्यूनीकरणका लागि बैंक खाता कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । छोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको छ । ‘छोरीलाई हामीले खोलिदिएको खातामा थप रकम जम्मा गरेर अभिभावकले उनको शिक्षा, जनस्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गराउन सक्छन । यो कार्यक्रमले समयमै घटना दर्ता गर्नतर्फ पनि अभिभावक सचेत हुने छन् ।
यस सेवाको लागि हरेक गर्भवति महिलाले प्रत्येक महिनामा गर्व परिक्षण गरेको हुनु पर्ने, नगरपालिकाको बर्थीङ्ग सेन्टर वा स्वास्थ्य कर्मीले बाहिर रेफर गरेर जन्मिएको अवस्थामा मात्रै लागु हुने नगरपालिकाले जारि गरेको बालिका बचत कार्यविधिमा उल्लेख गरिएको छ । नगरपालिकाले १११ औं अन्तराष्ट्रिय नारी दिवसको दिन एक कार्यक्रमको सुरुवात गरे पनि नगरपालिकाका हरेक समुदायमा यस कार्याक्रमका विषयमा जानकारी कम भएको जनाइएको छ ।
