Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री ओलीकाे भारत भ्रमण असार तेस्राे साता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 24, 2025
3 shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्केलगत्तै भारत भ्रमण गर्ने गरी कूटनीतिक तहमा छलफल सुरु भएको छ। गत वर्ष असारमा ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा चले पनि अहिलेसम्म हुन सकेको छैन। प्रधानमन्त्री ओली असार १५ देखि २० सम्म संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषण (फाइनान्सिङ फर डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन जान लागेका हुन्।
‘भारत भ्रमणको विषयमा कूटनीतिक तहमा छलफल भइरहेको छ,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो। सरकार बनेको एक वर्ष पूरा हुन लाग्दा बल्ल कूटनीतिक तहमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको हो। ‘असार तेस्रो सातापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय गर्ने गरी दुवै देशको कूटनीतिक तहमा छलफल भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकृतले बताए। यसअघि पनि कूटनीतिक तहमा छलफल भएका थिए तर भ्रमण हुन नसकेको विषयमा परराष्ट्र मन्त्रालयले केही बताउन चाहेको छैन।

यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डको बैंकक जानुअघि भारत भ्रमण गर्ने विषयमा चर्चा चलेको थियो। त्यसपछि पनि उनको भारत भ्रमण हुन सकेन। त्यतिबेला ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैंककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटवार्तामा क्रममा नेपालद्वारा प्रस्तावित मितिलाई भारतको आन्तरिक पात्रोका आधारमा आपसी सहमतिमै टुंगो लगाउने गरी छलफल भए पनि भ्रमण हुन सकेन।

गत वर्षको असार ३१ मा प्रधानमन्त्री भएयता ओलीले भारत भ्रमणमा जान निरन्तर प्रयास गर्दै आएका थिए। तर भारतीय पक्षले चासो नदेखाउँदा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण हुन सकेको छैन। प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २९ गते उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए।

चीनबाट फर्केकै दिन ओलीले भारत भ्रमण तय गर्ने बताए पनि अहिलेसम्म हुन सकेको छैन। प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच थाइल्यान्डको बैंककमा चैत २२ गते एक्लाएक्लै भेट भएको थियो, जहाँ मोदीले ओलीलाई भारत भ्रमणमा आउन भनेको दाबी गरिएको थियो। स्वदेश फर्केलगत्तै प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा जाने बताएका थिए। तर ओली स्वदेश फर्केपछि भारत भ्रमणको चर्चा नै हराएको थियो।

पछिल्लो पटक भने भारतीय पक्षबाटै भ्रमणका लागि छलफल सुरु गरेपछि यसपटक नेपाली पक्षले पनि तयारी गरिरहेको छ। मन्त्रालयले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे हालसम्म औपचारिक रूपमा केही बताएको छैन। ‘कुनै विशेष कारणले कार्यक्रममा फेरबदल नभएको स्थितिमा प्रधानमन्त्री ओली असार १५ मा स्पेन यात्राका लागि जाने निश्चित भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘स्पेनबाट फर्केलगत्तै भारत भ्रमण गर्ने तयारी भइरहेको छ।’ सम्मेलन स्पेनको सेविला सहरमा असार १६–१९ सम्म हुँदै छ। सम्मेलनको समापनपछि असार २० मा फर्किने गरी प्रधानमन्त्रीको भ्रमण कार्यतालिका तयार गरिँदै छ।

स्पेन भ्रमणमा प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत रहनेछिन्। भ्रमण दलका अन्य सदस्यहरूको भने अझै टुंगो लाग्न बाँकी छ। संयुक्त राष्ट्रसंघद्वारा अति कम विकसित र विकासशील देशहरूको विकासका लागि आर्थिक स्रोत तथा सुविधाहरू उपलब्ध गराउन यस्तो सम्मेलनको आयोजना हुँदै आएको छ।

यसअघि सन् २००२, २००८ र २०१५ मा तीन वटा यस्ता सम्मेलनका आयोजना गरिएको थियो। सम्मेलनका क्रममा विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठन, वित्तीय र व्यापार संस्थान, नागरिक समाज र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले विकासका लागि वित्तपोषण र बलियो अन्तर्राष्ट्रिय सहायतासम्बन्धी विभिन्न सत्रमा छलफलमा सहभागी हुनेछन्। नेपाल अति कम विकसित राष्ट्र (एलडिसी) समूहको अध्यक्ष हो। प्रधानमन्त्री ओलीले त्यहाँ नेपालसँगै अति कम विकसित राष्ट्रका नेताका हिसाबले समेत प्रतिनिधित्व गर्नेछन्।

स्पेनपछि प्रधानमन्त्री ओलीले भारत भ्रमण जाने तयारीकै क्रममा परराष्ट्र मन्त्रालयले के–के विषयमा छलफल, समझदारी र सम्झौता हुने भनी त्यसको खाका तयार पारिरहेको छ। परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसको तयारीमा जुटेको पनि स्रोतको दाबी छ। साथै गृह, अर्थ र उद्योग मन्त्रालयले पनि यो विषयमा छलफल चलिरहेको छ। प्रधानमन्त्री ओली स्पेनबाट फर्केपछि भारत भ्रमणको तालिकाबारे छलफल हुने बताइएको छ।

भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीसँग ओलीको सम्बन्ध चिसिँदै गएपछि भ्रमण हुन सकेको थिएन। ओलीले भारत भ्रमणमा जाने इच्छा देखाए पनि भारतबाट निम्तो भने आएको छैन। तर, पछिल्लो समय खासगरी पहलगाम घटनापछि सम्बन्धमा सुधार राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ। पहलगाम घटनामा भारतले आतंकवादविरुद्ध लडाइँ गर्ने भनेपछि नेपालले आतंकवादको लडाइँमा भारतलाई सहयोग र समर्थन गर्ने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved