Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२ : प्रहरी अधिकृतबाट गीतकारसम्मको यात्रा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 22, 2025
0 shares

काठमाडौं ।  प्रहरी अधिकृत मात्र होइन, गीत र भावनाका सशक्त अभियन्तासमेत रहेका टेक तामाङको पहिलो एकल सांगीतिक साँझ यही असार १४ गते शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। गीतकार संघ नेपालको आयोजनामा हुने ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ मा उनका देशप्रेम, जनप्रेम र जीवनका विविध भावनाले सजिएका १७ सुमधुर गीतहरू प्रस्तुत गरिनेछ।

टेक तामाङ हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख हुन्। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी सम्हाल्दै उनले लागूऔषधविरुद्धको महाअभियान, मनसुनजन्य विपद् उद्धार तालिम र अपराध अनुसन्धानमा विशिष्ट योगदान पुर्‍याएका छन्। तर यसपटक उनी बन्दूक होइन, गीत–साहित्यको मञ्चमा ‘रोल मोडल’ बनेर प्रस्तुत हुँदैछन्।

२०५० सालमा ‘छाल आउँदा सम्झनाको’ गीतबाट सांगीतिक यात्रा सुरु गरेका तामाङले सयौं गीतहरू सिर्जना गरिसकेका छन्। उनका गीतमा राष्ट्र, समाज र मानवताको स्वर झल्किन्छ, जहाँ माया, वेदना र आशाका ध्वनि गुञ्जिन्छन्।

‘नेपाल मेरो घर’, ‘आमा’, ‘स्वर्ग सुख’, ‘मीठा मीठा बोली’, ‘तिमी सागर’, ‘तिमीलाई पराइको’, ‘मनपर्छ’, ‘जन्मी खेली’, ‘मै खुकुरी’, ‘माथि माथि लेकमा’, ‘स्वर्ग झैँ शैलुङ्ग’ जस्ता गीतहरू उक्त साँझ गुञ्जिने छन्।

यो सांगीतिक साँझमा अग्रजदेखि नयाँ पुस्तासम्मका चर्चित गायक–गायिकाहरू—दीप श्रेष्ठ, किरण प्रधान, अञ्जु पन्त, शिव परियार, राजेशपायल राई, सत्यराज आचार्य, संगीता राना प्रधान, डेभिड शंकर, रुपक चौधरी, रेश्मा बम्जन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायतले टेक तामाङका सिर्जनामा स्वर दिनेछन्।

साँझमा प्रत्यक्ष वाद्यवादनको साथमा प्रस्तुत हुने यी गीतहरूले श्रोतामाझ सिर्जनात्मकताको नयाँ आयाम दिने विश्वास आयोजकले लिएको छ।

‘बन्दूक र कलमको बेजोड सम्मिश्रण’ बनेका टेक तामाङ प्रहरीको कठोर जीवनशैलीसँगै भावनाको गहिराइमा पनि गहिरिएर उत्रिने स्रष्टा हुन्। देशको सुरक्षा जिम्मेवारीमा रहँदै उनले गीत, कविता, गजल, कथा र संस्मरणमा समेत आफूलाई सशक्त बनाएका छन्।

उनको एकल साँझका लागि गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ।

सांगीतिक साँझमार्फत गीतकार तामाङको योगदानको सम्मान मात्रै होइन, सामाजिक र साँस्कृतिक प्रवर्द्धनमा प्रहरीको भूमिका पनि उजागर हुने अपेक्षा गरिएको छ। सिर्जना र सेवा सँगसँगै बोक्ने टेक तामाङको सांगीतिक यात्रा अब मञ्चमै जीवन्त हुँदैछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved