आकाश मगर, उदयपुर। उदयपुरमा आधारभुत पत्रकारीता तालीम आज देखी शुरुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वय तथा आयोजना साथै नेपाल पत्रकार माहासंघको सहजीकरणमा त्रियुगा उद्योग वाणीज्य संघको सभाहलमा आजदेखी ५ दिने पत्रकारीता तालिम शुरुभएको हो ।
तालिममा नेपाल घरेलु तथा साना उद्योग उदयपुरका अध्यक्ष, पत्रकार माहासंघ उदयपुरका अध्यक्ष ,पत्रकार माहासंघ कोशि प्रदेशका अध्यक्ष लगाएत विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको उपस्थिति र मन्तव्यबाट उद्घाटन गरिएको थियो ।
प्रशिक्षार्थिहरु उदयपुरको ८ औटै स्थानीय तहवाट लगाएत सिराहा जिल्ला बाट समेत गरी ३० जना प्रशिक्षार्थीहरु सहमागी ५ दिने तालीममा वरिष्ठ पत्रकार सेनानी कौसल चेम्जोङ्ग साथै पुर्णपुष्टि खवरका सम्पादक भोट राज राई ले प्रशिक्षण दिइरहेका छन ।
