Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशीका मन्त्री खगेनसिंले आफ्नै जिल्लावासीलाई गरे कुटपिट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2025
[webverse_shares]

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम फेरि विवादमा तानिएका छन् । दुई वर्ष अघि जिल्ला प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाटै धम्क्याएका उनी दुई दिन अघि आफ्नै जिल्लावासीलाई हातपात गरेको आरोपमा विवादमा तानिएका हुन् ।

मन्त्री हाङगामले गत मंगलबार बेलुका गृह जिल्ला ताप्लेजुङमा पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बुलाई हातपात गरेको आरोप आरोप छ । फुङलिङ नगरपालिका–४ को एक क्याफे परिसरमा मन्त्री हाङगामले थेबेलाई हातपात गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

मन्त्री हाङगामले आफूमाथि हातपात गरेको विषय थेबेले स्वीकार गरे । तर घटनाको विषयमा थप बोल्न मानेका छैनन् ।

मन्त्रीले हाङ्गामले भने घटना अस्वीकार गरेका छैन् । उनले थेबेलाई आफूले नचिन्ने जिकिर समेत गरेका छन् । ‘अहिले म चिन्दिनँ उसलाई (रक्की थेबेलाई),’ उनले भने ।

थेबे नेकपा एकीकृत समाजवादी पार्टीका स्थानीय नेता हुन् । हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र(ख)बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

मंगलबारको भेटमा थेबेले हाङगामविरुद्ध आगामी निर्वाचन लड्ने बताएका थिए । त्यसपछि रिसाउँदै हाङगामले हात छोडेको स्रोत बताउँछ । मन्त्री हाङगामले हातपात गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । पीडितले जाहेरी नदिएको र हातपात गर्ने व्यक्ति भीआईपी भएका कारण पनि प्रहरीले यो विषयमा औपचारिक बोल्न भने मानेको छैन ।

ताप्लेजुङ प्रहरी प्रमुख वेदप्रसाद गौतमले घटनाको विषयमा औपचारिक जानकारी आफूलाई नभएको बताए । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले पनि घटनाको विषयमा अनभिज्ञता जनाए ।

तर हातपातको घटनापछि प्रहरीले बुधबार दुवै पक्षलाई मिलाउने प्रयास गरेको स्रोत बताउँछ । थेबेले पनि यसलाई स्वीकार गरेका छन् । तर विषय नमिलिसकेको उनले बताए । ‘विषय मिलिसकेको छैन, तर अब मिल्छ,’ थेबेले भने ।

हाङगाम नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी कांग्रेस–एमाले गठबन्धन सरकार कोशी प्रदेशको कृषि मन्त्री छन् ।

हाङगाम यसअघि पनि विवादमा तानिएका थिए । २०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका तत्कालीन प्रमुख (डीएसपी) राजन लिम्बूलाई धम्क्याएका थिए ।

सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी प्रमुखलाई नै धम्की दिएपछि उनी विवादमा तानिएका थिए । घटनाको छानबिनका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले समिति नै गठन गरेको थियो । तर कांग्रेस नेताहरुको सक्रियतामा यो विषय मिलाइएको थियो । हाल एसपीमा बढुवा भएका लिम्बू अहिले जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्वमा छन् ।

पटकपटक विवादमा आइरहने मन्त्री हाङगामको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि राम्रो सम्बन्ध नभएको स्रोत बताउँछ । प्रदेशको बजेट निर्माणका क्रममा उनीहरुबीच विवाद भएको थियो ।

‘मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध ठिक छैन, बजेट बनाउने बेलामा मन्त्रालयका कर्मचारीलाई आफूलाई नसोधी बजेट राखे कारवाही गर्ने धम्की दिनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि मुख्यमन्त्रीले कृषि मन्त्री फेरिदिनुपर्याे भन्दै कांग्रेस संसदीय दलका नेतालाई भन्नुभएको थियो, तर उहाँले मान्नु भएनछ ।’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले भने मुख्यमन्त्री र सबै मन्त्रीबीच सम्बन्ध सुमधुर रहेको दाबी गरेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मुख्यमन्त्री र मन्त्रीबीच कुनै खटपट र विवाद नभएको बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved