Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

परोहा नगरपालिकाद्वारा कृषकलाई सिँचाइ मिटर महसुल तिरेको राहत, किसान हर्षित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2025
203

मेवालाल यादव, रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिकाले कृषकहरूको विद्युत् सिँचाइ मिटरको बक्यौता महसुल बुझाएपछि स्थानिय किसानहरू हर्षित भएका छन्। विद्युत् महसुल तिर्न नसकी सिँचाइमा समस्या भोग्दै आएका किसानहरूलाई नगरपालिकाको यो कदमले ठूलो राहत दिएको छ।

परोहा नगरपालिका–१ जिङ्गडवा बेलबिछ्वाको कृषकका अनुसार, विगत केही महिनादेखि सिँचाइका लागि प्रयोग भइरहेको विद्युत् मिटरको महसुल रकम अभावका कारण तिर्न नसकिएको अवस्था थियो। यस्तो समयमा नगरपालिकाले महसुल तिरिदिँदा आफूहरूलाई ठूलो सहजता भएको र यसबाट स्थानीय सरकार किसानप्रति जिम्मेवार भएको अनुभूति भएको उनले बताइएको छ ।

परोहा नगरपालिका–९ रामपुर खापकी जहिदा खातुनले पनि महिनाौंदेखि विद्युत् महसुल नतिरेको कारण नेपाल विद्युत् प्राधिकरणद्वारा लाइन काटिने डर रहेको बताइन्। तर नगरपालिकाले महसुल तिरेपछि आफूसहित अन्य किसानहरूलाई राहत मिलेको उनले उल्लेख गरिन्।

नगरपालिकाले कृषकहरूको विद्युत् महसुल वापत नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज अहमदका अनुसार, नगरपालिकाका ९९४ जना कृषकले निःशुल्क रूपमा सिँचाइ मिटर प्रयोग गर्दै आएका छन्। नगरपालिकाले २०८१ साल मङ्सिर मसान्तसम्मको विद्युत् बक्यौता महसुल बुझाएको जानकारी उनले दिए।

नगर प्रमुख शेख वकिलका अनुसार, परोहा नगरपालिकाको समृद्धि, विकास र विशेषतः कृषि क्षेत्रको प्रवर्द्धनका लागि आफ्नो चुनावी प्रतिबद्धता अनुसार यो निर्णय लिइएको हो। “विद्युत् महसुल मात्र होइन, सिँचाइ मिटर तथा घरायसी मिटर जडानका क्रममा लाग्ने सम्पूर्ण राजस्व पनि नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ,” नगर प्रमुख वकिलले बताए।

उनका अनुसार हुकिंग गरेर विद्युत् चोरी गर्ने प्रवृत्ति नियन्त्रण गर्न र सरकारी राजस्व जोगाउन मिटर जडानमा लाग्ने शुल्क नगरपालिकाबाट तिर्ने व्यवस्था गरिएको हो। यस्तै, कृषि पेशामा लाग्न चाहने नागरिकहरूले नगरपालिकासँग सम्पर्क गरेर निःशुल्क मिटर जडान तथा निःशुल्क विद्युत् सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

नगर प्रमुख वकिलले कृषकहरूको आयआर्जनमा वृद्धि ल्याउन कृषि कार्यको आधुनिकीकरण, आवश्यक उपकरणको उपलब्धता र उत्पादित बालीको बजारीकरणका लागि समेत नगरपालिका योजनाबद्ध रूपमा अघि बढिरहेको बताए।

परोहा नगरपालिकाले कृषकमैत्री नीति अवलम्बन गर्दै समग्र कृषि प्रणालीको सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नगर क्षेत्रका कृषकलाई सशक्त बनाउने दीर्घकालीन दृष्टिकोणसहित अगाडि बढिरहेको परोहा नगरपालिकाको यो कदमले कृषकहरूमा उत्साह थपेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved