रबिन्द्र परियार, काठमाडौं । भारतको अहमदाबाद नजिक २९ जेठमा एयर इन्डियाको भीषण विमान दुर्घटना भयाे जसमा २४२ जना सवार थिए। जहाजमा सवार २४१ जनाकाे मृत्यु भयाे भने हामफालेर १ जना बाच्न सफल भए।
भनिन्छ नि, काल नआई मरिन्न र ” बाेलाएकाे कालले मरिन्न ” हाे यस्तै संयाेगले उक्त विमान दुर्घटना बाँचेकि एक महिला अहिले पनि जिउ कापिरहेकाे बताउछिन्।
ती महिलायात्रु थिईन भुमि चौहान, उनि लण्डन फर्किन लागेकी भूमि पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुग्न १० मिनेट ढिला भइन्। कारण थियो – ट्राफिक जाम। र यिनै १० मिनेटले उनको ज्यान जोगायो।
टिकट त थियो, बोर्डिङ पास पनि थियो। तर विमानस्थल पुग्दा विमानको ढोका बन्द भइसकेको थियो। उनी नउडेको त्यो विमान केही मिनेटमै बस्ती क्षेत्रमा खस्यो र दुर्घटना भयो।
भूमिले मिडियासँग भनिन् – “मेरो शरीर अझै काँपिरहेको छ। म अझै अचम्ममा छु कि म बाँचें। यस्तो हुने रहेछ भन्ने कल्पना पनि गरेकी थिइनँ।” उनी भारत दुई वर्षपछि छुट्टीमा आएकी थिइन्, र लण्डन फर्किंदै थिइन् – जहाँ उनका श्रीमान् छन्।
विमान १:३८ मा उडेपछि केही मिनेटमै दुर्घटनामा पर्यो।
तर भूमि १:३० मा मात्र विमानस्थल फर्किएकी थिइन् – अर्थात् भाग्यका ८ मिनेटले मृत्युको मुखबाट ज्यान फर्कियो। जहाज दुर्घटा हुँदै गर्दा जहाजबाट हाम फालेर ज्यन जाेगिएका अर्का जिवित पुरुष यात्रु अस्पतालमा उपचारार्थ छन् र उनकाे पनि गवाहि यस्तैछ। कहिलेकाहीं जीवनका सामान्य ढिलाइहरूले पनि चमत्कार गर्छन्।
भूमि चौहानको कथा त्यसैको एउटा ज्वलन्त उदाहरण हो।
हेर्नाेहाेस यहि बिषयमा तयार गरिएकाे भिडियाे सामग्री :
