Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाँस सम्मेलन र चित्रकलामा फजुल खर्च गर्ने नगरले यलम्बरकाे शालिक निर्माणकाे गरेन भुक्तानि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2025
12 shares
काठमाडौ ।  जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणधिन बिश्वकै अग्लो प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमा सहितको यलम्बर पार्क (उद्यान) निर्माण सम्पन्न भएपनि निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसक्दा उद्घाटन अन्यौलमा परेको छ ।

बाँस सम्मेलन र चित्रकला लगाएतका कार्यक्रमहरु गरेर नगरकाे  फजुल खर्च गर्न माहिर दिक्तेल रुपाकाेट मझसवागढी नगरपालिकाले साे यलम्बरकाे प्रतिमा निर्माणमा लागत खर्चकाे ३०% रमक नदिँदा समस्या भएकाे दिखिन्छ।

कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाले ३० प्रतिशत लगानी गरी करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने सम्झौता अनुसार यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माण सम्पन्न गरिसेको भएपनि भुक्तानी हुन नसक्दा उद्घाटन अन्यौलमा परेको जानकारी प्राप्त भएको छ ।

यलम्बर पार्क निर्माणको काम सम्पन्न भएको महिना दिन बितिसक्दा पनि नगरपालिकाले आफूहरुले पाउने रकम करिब रु तीन करोड रकम भुक्तानी दिएर जिम्मा नलिएको ठेकेदार कम्पनीका प्रतिनिधि एवम् तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्धक सुनिल राईले जानकारी दिनुभएको छ ।

सम्झौता अनुसारको काम वैशाख–१० गतेभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेको, कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा २०८२ जेठ– १७ गते औपचारिक उद्घाटन गर्ने तयारी गरेको भएपनि नगरपालिकाले भुक्तानी नगर्दा उद्घाटन गर्ने तयारी गरिएको औपचारिक कार्यक्रम नै रोक्न बाध्य भएको निर्माण कम्पनीका प्रबन्धक राईको भनाई रहेको छ ।

पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ ।

कोशी प्रदेश सरकारको दायित्व अन्तरगतको बजेट प्रदेश सरकारले रु तीन करोड ९० लाख बजेट उपलब्ध नगराएकोले निर्माणको जिम्मा लिने ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।

यलम्बर पार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र सोही नगरपालिकाको वडा नं. १० अर्खौलेको सिमानामा पर्ने तुवाचुङ–जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजनासमेत बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले यलम्बर पार्कलाई निक्कै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved