झापा – किङ्ग्स नेपाल क्रियसन कम्पनीको आयोजनामा इन्टर स्कूल प्रिन्स एन्ड प्रिन्सेस मोडेल आइकन सिजन ३ – २०२५ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले बालबालिका र किशोरकिशोरीको प्रतिभा उजागर गर्दै व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिमा सशक्त प्रभाव पारेको आयोजकको भनाइ छ।
प्रतियोगितामा हिमालय माविका निर्मित प्याकुरेलले प्रिन्स मोडेल आइकनको उपाधि जिते भने सोही विद्यालयकी अफसना बस्नेतले प्रिन्सेस मोडेल आइकनको उपाधि प्राप्त गरिन्। प्रथम उपविजेताको उपाधि धुर्वतारा आवासीय माध्यमिक विद्यालयकी कुसुम खनालले प्राप्त गरिन् भने दोस्रो उपविजेता निहारिका अंग्रेजी माध्यमिक विद्यालयकी निरजला सुवेदी घोषित भइन्।
विविध प्रतिभा र सौन्दर्यको समिश्रणका साथ सम्पन्न प्रतियोगितामा २१ जना सहभागीहरूले विभिन्न उपाधि हात पार्न सफल भएका छन्। कार्यक्रमको अन्त्यमा निर्णायक मण्डलले उत्कृष्ट प्रस्तुति, व्यवहार, सौन्दर्य र क्षमताका आधारमा उपाधिहरू घोषणा गरेका हुन्।
यसपटकको प्रतियोगितामा ‘मिस कन्जिनियलिटी’ को उपाधि बेगिना सेडाई (मदर एजुकेसन फाउण्डेसन) ले प्राप्त गरिन् भने ‘मिस कम्युनिके’ मुना घिमिरे (पशुपति एकाडेमी अंग्रेजी स्कूल) ले जितिन्। ‘मिस भर्साटाइल’ अफसना बस्नेत (हिमालय मावि), ‘मिस डिभा’ लुङ्मा देवान (सुर्योदय अंग्रेजी मावि), र ‘मिस डिसिप्लिन’ तूमिना मगर (निहारिका अंग्रेजी मावि) रहे।
त्यस्तै, ‘मिस हार्डवर्किङ’ को उपाधि स्मारिका लावती लिम्बु (श्री जनता मावि) ले पाएकी हुन् भने ‘मिस बेस्ट क्याटवाक’ कुसुम खनाल (धुर्वतारा आवासीय मावि) ले जितिन्। चन्द्रकला रसाइली ‘मिस हम्बल’, शिखा भट्टराई (धुर्वतारा आवासीय मावि) ‘मिस मोडल आइकन’, र स्मृति राई ‘मिस रेडियन्स’ को रूपमा चयन भए।
यसैगरी, प्राप्ति कट्टेल ‘मिस मेस्मराइजिङ आइज’, लिजा लिम्बु (निहारिका अंग्रेजी मावि) ‘मिस होस्पिटालिटी’, प्रदेशिका राई ‘मिस एलिगेन्ट’, निर्जला सुवेदी (निहारिका अंग्रेजी मावि) ‘मिस बेस्ट स्किन’, र आकृति बिष्ट ‘मिस ब्यूटिफुल’ घोषित भए।
साथै, ‘मिस क्युटेस्ट’ सुमिक्ष्या कार्की, ‘मिस चार्मिङ’ निमिषा चौधरी, ‘मिस्टर क्रिएटिभ’ भिक्टर जङ्ग कार्की, ‘मिस्टर ह्यान्डसम’ सस्कार दाहाई, र ‘मिस्टर इन्फ्लुएन्सर’ निर्मित प्याकुरेल (हिमालय मावि) घोषित भएका छन्। कार्यक्रमको अन्त्यमा ‘राइजिङ स्टार’ को रूपमा युगल भित्रकोटीलाई सम्मानित गरियो।
निर्णायक मण्डलमा फेसन डिजाइनर विवस राई, मिस प्रदेश १ विजेता सोहिता भुजेल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेजेन्ट डाइरेक्टर राम केसी र फेसन डिजाइनर नवीन लुइँटेलजस्ता ख्यातिप्राप्त व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। किङ्ग्स नेपाल क्रियसनका निर्देशक कृष्ण शाहका अनुसार प्रतियोगितामा पहिलो अडिसनमा ६५ जना सहभागी थिए, जसबाट छनोट भई २१ जना अन्तिम चरणको प्रतिस्पर्धामा पुगेका थिए।
मुख्य विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रिन्सेस विजेता अफसना बस्नेतले नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् भने फस्ट रनरअप कुसुम खनालले २० हजार र सेकेन्ड रनरअप निरजला सुवेदीले १५ हजार रुपैयाँ प्राप्त गरिन्। प्रिन्स विजेता निर्मित प्याकुरेलले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।
इन्टर स्कूल प्रिन्स एन्ड प्रिन्सेस मोडेल आइकन सिजन ३ ले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने र व्यक्तित्व निर्माणमा योगदान पुर्याउने सुनौलो अवसर प्रदान गरेको आयोजकले बताएका छन्।
