Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेस नेता स्वर्गीय राधेश्याम जोन्छेंको प्रतिमा अनावरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2025
29

भक्तपुर ।  नेपाली कांग्रेस भक्तपुरका जुझारु नेता स्व. राधेश्याम जोन्छेंको प्रतिमा अनावरण भएको छ । साथै उहाँको स्मृतिमा स्थापना भएको शहिद रोधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको भवन समेत निर्माण भएको छ ।

नेता जोन्छेंको प्रतिमा र उहाँको स्मृति भवन एक करोड १० लाखको लागतमा तयार भएको प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीले जानकारी दिनुभयो । यसका लागि सूर्यविनायक नगरपालिकाबाट पटक पटक गरी ४० लाख र अन्य रकम बागमती प्रदेश सरकार लगायत अन्य विभिन्न निकाय र दाताबाट प्राप्त भएको जोशीले बताउनुभयो ।

स्व. जोन्छेंको प्रतिमा र स्मृति भवनको आइतवार नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिएका पार्टीका नेताहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नुपर्ने बताउनुभयो ।

उहाँले जोन्छेँले प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदानको चर्चा गर्दै त्यस्ता व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरि देशभर फैलाउँदै प्रेरणा दिनुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँले लोकप्रिय नेता हुनुहन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”

कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधीले अहिले संसद चल्न दिने कि नदिने भन्ने निर्णय माओवादीको हातमा रहेको बताउनुभयो । संसद अबरुद्ध गर्ने समय अहिले नभएको भन्दै उहाँले भन्नुभयो, “अहिले संसद अबरुद्ध गरिरहेको छ । भिजिट भिषाकोबारेमा छानबिन हुदैछ । रबि लामिछानेको जस्तो होइन, भिजिट भिषाको विषय, त्यसैले ससद अबरुद्ध खाेल्नु पर्छ ।” पटक पटक जनतालाई धोका दिने राजा फेरी ल्याउँछौ भनेर निरर्थक यात्रामा लाग्न नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा जोन्छेँको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगर प्रमुख वासुदेव थापासहित बिभिन्न व्यक्तिहरुलाई सभापति देउवाले सम्मान गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रस्य सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दूर्लभ थापाले जोन्छेँको योगदानलाइ पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved