Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“सम्झनामा गणेश रसिक’ कार्यक्रम बेलबारीमा : लेखक तथा स्रष्टा मर्दैनन् भन्ने दिइयो सन्देश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2025
[webverse_shares]

हिमांशु राय , बेलबारी-मोरङ । मोरङको बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम सम्पन्न भएको छ।लेखक तथा स्रष्टाहरु कहिल्यै मर्दैनन् भन्ने सन्देश प्रवाह गर्न दिवङ्गत गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको चर्चा गरेर उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।

‘लेखक, स्रष्टा तथा कलाकार सधै सधै मानिसको विचार र भावनामा अमर हुन्छन्, उनीहरूको भौतिक शरिरले यश धर्तिमा विश्राम लिए पनि उनिहरुले गरेका कार्यहरु सधै जिवन्त,कालजयी र अमर रहने भएकोले श्रद्धाञ्जलि सभा गर्नुनै पर्ने त्यति आवश्यक नरहेको सन्देश दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रसिकका तस्बिरमा फूल माला वा अबिर अर्पणको कुनै कार्यक्रम राखिएको थिएन। साथै कार्यक्रम अवधिभर नै उनीप्रति श्रद्धाञ्जलिका शब्दहरुसमेत व्यक्त गरिएन।

जुझारु मिडिया एन्ड रिसर्च सेन्टर तथा शिक्षा सन्देश इङ्ग्लिस स्कुलको संयुक्त आयोजनमा सम्पन्न कार्यक्रममा लेखक तथा अनुसन्धाता केशु विरहीले रसिकको ‘जीवनी, व्यक्तित्व तथा कृतित्व’ माथिको चर्चा गरेका थिए। रसिकको व्यक्तित्वका विभिन्न पाटाका बारेमा प्रस्ट पार्दै लेखक, स्रष्टा तथा कलाकारहरु सधैँ अमर रहने हुनाले उनीहरूको तस्बिरमा फूलमाला तथा अबिर चढाउन नपर्ने विचार व्यक्त गरे ।

पूर्व सांसदसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, नाटककार भरत गुरागाईं बरबरिक, सुन्दहरैँचा कला, साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेलगायतका व्यक्तित्वले अमर रसिकलाई सम्झिएका थिए । शिक्षा सन्देश इङ्ग्लिस स्कुलका विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताले गीत, सङ्गीत तथा साहित्यकै कारण रसिक अमर रहेको बताउँदै बालबालिकालाई पनि रसिकको अमर जिवनगाथा र प्रेरक जिवनशैलीलाई आत्मसात गरि देश र समाजका लागि सधै सधै अमर हुने अशल काम गर्न सुझाएका थिए ।

उक्त कार्यक्रममा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, शिक्षा सन्देश इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजेश खत्री, कला–साहित्य प्रवर्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सोमप्रसाद भट्टराई, सिजन श्रेष्ठ, दुर्गा खरेल, यादव भट्टराई, खेमचन्द्र अधिकारी, वासु अधिकारी, एकराज भट्टराईलगायतका लेखक, स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । शिक्षा सन्देशमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको समूहले मलाई प्यारो लाग्छ भन्ने गीत प्रस्तुत गरेको उक्त कार्यक्रममा आइतराज लिम्बू, जुनु बुढाथोकीलगायतको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो । साथै स्रष्टाहरू लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सिजन श्रेष्ठ, एकराज भट्टराईलगायतका लेखक तथा स्रष्टाहरूको रचनावाचन रहेको थियो ।

शिक्षा सन्देश इङ्ग्लिस स्कुलका अध्यक्ष भूपाल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने मुक्तककार नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved