Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2025
6 shares

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुन लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेरहद लागू भएको छ । जसले गर्दा अध्यक्षका हालका चार जना उपाध्यक्ष र एक जना महासचिव त्यो दौडबाट बाहिर छन् भने अध्यक्षका चार जना सचिवहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा एमालेले भने सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ । चार जनाले नै आफ्नो दाबेदारी नछाडेको खण्डमा भने मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार तथा हालका सचिव डाक्टर सुजन कडरियाले जानकारी दिए ।

३२ वर्षे उमेरहद लागू भएपछि पाँच जना सचिव मात्रै अध्यक्षका लागि दाबेदार मानिएका छन् । ती मध्ये आरती भट्टराईले महासचिवमा दाबी प्रस्तुत गरेकी छन् ।  हाल डा: कडरियासँगै प्रकाश पौडेल, दीपक धामी र अञ्जना सिवाकोटी अध्यक्षका आकाङ्क्षीका रूपमा अगाडि आएका हुन् । भट्टराईले सहमतिबाट नेतृत्व चयन हुने र आफू महासचिव बन्ने अवस्था आएमा पछि हट्ने बताउँदै आएकी हुन् ।

महाधिवेशनका लागि देशभरीबाट १५०० को हाराहारीमा प्रतिनिधिहरू आएका छन् । सहमति भएको खण्डमा पाँच जना सचिवहरूबाटै एक जना अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चयन गरिनेछ । सहमति नभएको खण्डमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुने सचिव कडरियाले बताए ।

महाधिवेशनमा विधान संशोधन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा राजनीतिक प्रतिवेदन पेस गरिनेछ । यो पटक पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाउने तयारी गरेको छ । १९९ सदस्यीय केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाइनेछ ।  त्यस्तै १७ जना पदाधिकारी रहेकोमा ९ सदस्यीय बनाइने सचिव कडरियाले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved