Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सशस्त्र प्रहरीका डिआईजी गौतमविरुद्ध छानबिन गर्न निर्देशन : उनी शक्तिकेन्द्र धाउदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2021
[webverse_shares]

 

काठमाडौं । आर्थिक लाभ लिँदै विभिन्न सीमा नाकाबाट ठूलो संख्यामा भारतीय मजदुरलाई नेपाल छिराएको राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागको रिपोर्टका आधारमा सशस्त्र प्रहरीका २ नम्बर प्रदेश बाहिनी प्रमुख नायव महानिरिक्षक (डिआईजी) चन्द्रप्रकाश गौतमविरुद्ध छानबिन सुरु भएको छ । विभागले बुझाएको रिपोर्टका आधारमा मुख्यसचिव शंकरदास बैरागीले गृहसचिव महेश्वर न्यौपानेमार्फत छानबिनका लागि निर्देशन दिएका हुन् ।

उक्त विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकलगायत प्रधानमन्त्री कार्यालयलाई पनि जानकारी गराइएको स्रोतको दाबी छ । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको व्यापकता चलिरहेका बेलामा गौतमको निर्देशनमा विभिन्न बेस क्याम्पले कम्तिमा तीन महिनाको अवधिमा ५ हजार भारतीय नेपाली सीमाभित्र छिर्न नरोकेको बताइएको छ । सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरीका नाकाबाट भारतीयलाई भित्राएको रिपोर्ट गुप्तचर विभागले तयार पारी मुख्यमन्त्री कार्यालयलाई बुझाएको थियो।

यस अवधिमा सरकारले सीमामा कडाई गर्ने निर्णय गरे पनि डिआईजी गौतमको निर्देशनमा यसरी भारतीय नागरिक नेपाल छिरेको दाबी पनि गरिएको छ । कोरोना महामारीका बेला ‘सेटिङ’का आधारमा सशस्त्र प्रहरीका उच्च अधिकारीले यसरी भारतीय नागरिकलाई छिराउने गरेका कारण छानबिन भएका नजिर पनि छन् । यसअघि सीमा क्षेत्रकै गणमा कार्यरत रहेका सशस्त्र प्रहरी उपरिक्षक (एसपी) दिग्विजय सुवेदीलाई तानिएको थियो ।

उनीमाथि छानबिन पनि चलेको थियो । डिआईजी गौतमले आफूमाथि छानबिन सुरु भएको थाहा पाएपछि शक्ति केन्द्रको दबाबमा बच्ने प्रयत्न गरेको बताइन्छ । यसका लागि उनले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई देखि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेतामार्फत ‘लविङ’ गरिरहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved