काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा रिपोर्टिङका लागि गएका पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले पार्टीका नेताहरु छलफलमा जुटेका छन् । सोही विषयमा रिपोर्टिङका लागि पत्रकारहरु त्यहाँ पुगेका थिए ।

