Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजावादीको निर्णायक आन्दोलन छोटो समयमै दिशाहीन हुँदै, अब जिल्ला केन्द्रीकृत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2025
58
काठमाडौ ।  राजसंस्थाको पुनःस्थापनाको नारासहित गणतन्त्रविरोधी आन्दोलन थालेका राजावादीहरूको ‘निर्णायक आन्दोलन’ छोटो समयमै दिशाहीन हुँदै गएको छ ।बुधबार दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बसेको बैठकमा नेतृत्वकर्ताहरूमाथि नै केही युवाहरूले प्रश्न उठाएर होहल्ला गरेपछि कार्यक्रम बिथोलिएको थियो । कार्यक्रम बिथोलिएपछि आगामी आन्दोलनको कार्यक्रम त्यहाँ घोषणा गरिएन । युवाहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा आन्दोलन अघि बढाउन सक्षम नभएको भन्दै होहल्ला र विरोध गरेका थिए ।

उनीहरूले लिङ्देन खै ? भनेर प्रश्न गरिरहँदा लिङ्देन संसद्मा गएको जवाफ पाएपछि झनै आक्रोसित हुँदै संसद् नै चाहिने भए किन आन्दोलन गर्नुपर्‍यो भन्दै होहल्ला गरेका थिए । कार्यक्रममा कमल थापाले होहल्ला गर्नेहरूमाथि आक्रोश पोख्नुभएको थियो । त्यसपछि नवराज सुवेदीले थप कार्यक्रम पछि घोषणा गरिने भन्दै कार्यक्रम समापन गरेलगत्तै आन्दोलनका कार्यक्रम जिल्लाकेन्द्रित गर्ने गरी कार्यक्रम घोषणा गरिएको थियो ।

जेठ १५ गते गणतन्त्र दिवसको दिन ‘सडक कब्जा’ शैलीमा शुरू भएको आन्दोलन सिफल प्रदर्शनपछि निकै कमजोर देखिएको छ ।नेतृत्वको विभाजन, आन्दोलनकारीको भ्रम, रणनीतिक अस्पष्टता र कार्यकर्ताको उत्साहमा आएको क्षयले गर्दा आन्दोलन कमजोर दिशातिर अघि बढेको संकेत देखिएको छ ।जेठ १५ को पहिलो दिन रत्नपार्कमा आयोजित प्रदर्शनलाई ‘जनमत संग्रहको रूपमा हेरिएको’ भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दाबी गरे पनि त्यसपछि आन्दोलनको स्वरूप क्रमशः कमजोर हुँदै गयो । जेठ १६ को माइतीघर प्रदर्शन, १७ को नारायणचौर र १९ को दीप प्रज्वलन कार्यक्रम केही सहभागिता रहे पनि २० गते सिफलचौरको प्रदर्शन अत्यन्तै फिक्का बनेको थियो ।

पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष थापाले आन्दोलनको प्रभावकारिता नै कमजोर भएको स्वीकार गर्दै भन्नुभयो– ‘आन्दोलनमा भावनाको विषय मात्र होइन, रणनीति र साझा दृष्टिकोणको संयोजन चाहिन्छ ।’
दरबार हत्याकाण्डको स्मृतिमा जेठ १९ गते दीप प्रज्वलन गरिएको कार्यक्रममा युवराज दीपेन्द्रको तस्विर नराखिएकै कारण राजावादी समूहमै तनाव सिर्जना भयो । कार्यक्रममा उपस्थित एक आन्दोलनकारी रघु लामिछानेले भन्नुभयो– ‘दीपेन्द्र शाहका विरुद्ध जे सोचेर दीप प्रज्ज्वलन गरियो त्यसले हत्याकाण्डप्रति झनै आशंका जन्माएको छ । यो विभेदले आन्दोलनको उद्देश्य नै फिका बनायो ।’

सामाजिक सञ्जालमा दीपेन्द्रविरुद्धको संकेतपूर्ण व्यवहारलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहसमेत आलोचनाको केन्द्र बन्नुभएको छ । राजसंस्थाका समर्थकहरूमध्ये धेरैजसोले पूर्व युवराज्ञी हिमानी शाह र हृदयन्द्रको सहभागितालाई स्वागत गरे पनि दीपेन्द्रप्रति देखाइएको ‘उपेक्षा’ प्रति आक्रोश पोखेका छन् ।एकातिर, आन्दोलन चर्काउने भनिएका दुर्गा प्रसाईं प्रहरी हिरासतमा छन् भने अर्कातिर, उनीनिकट समूहले राप्रपाको आन्दोलन ‘पार्टीगत’ भएको भन्दै भाग लिएको छैन । प्रसाईं समूहको अनुपस्थितिले प्रदर्शनहरूमा ऊर्जा र भीड नै कम गरिदिएको विश्लेषकहरूको टिप्पणी छ ।

गणतन्त्रवादी नेताहरूले राजावादी आन्दोलनको प्रभाव क्षीण हुँदै गएको बताएका छन् । नेकपा एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो– ‘राजावादी आन्दोलन नेतृत्वविहीन, उद्देश्यविहीन र रणनीतिविहीन छ । उनीहरू लोकतान्त्रिक मूल्यभन्दा भावनाको जालोमा फसेका छन् ।

जनता गणतन्त्रप्रति प्रतिबद्ध छन्, न कि अन्धविश्वासी राजतन्त्रप्रति ।’जेठ १५ को पहिलो दिन उत्साहजनक देखिएको प्रदर्शन यति छिट्टै गम्भीर अन्योल र विचलनमा पर्नु राजसंस्था पक्षधरहरूका लागि गम्भीर चिन्ताको विषय भएको छ । यसले आन्दोलनमाथिको विश्वास घटाएको छ र सडकमा उत्रिन खोजेका धेरै कार्यकर्ता फेरि घर फर्किएका छन् ।अहिलेको अवस्था हेर्दा राजावादी आन्दोलनले निर्णायक मोड लिनुभन्दा पहिले नै ‘संयोजन र स्पष्ट एजेन्डा’ अभावमा टुक्रिन थालेको देखिएको छ । नेतृत्व तहकै मतभेद, मुद्दाको अस्पष्टता र जनअपेक्षाको मूल्यांकन नगरी गरिने जुनसुकै आन्दोलन दीर्घकालीन प्रभाव पार्न असमर्थ हुन्छ भन्ने यथार्थ फेरि एकपटक पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved