Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केन्द्रमा ओलीपक्षको विरोध गर्ने जसपा लाहानमा ओलीमय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2021
33 shares

 

महेश सिंह सिरहा
लाहान । जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुह केन्द्रमा ओलीको चर्को विरोध गरेपनि सिराहाको लाहान नगरपालिकामा ओलीमय भएका छन। जेठ ३० गते आईतवार गठन भएको चार दलिय गठबन्धन टुक्रिएको छ। नेपाली कांग्रेस, जसपा(यादव समुह), माओवादी केन्द्र तथा नेकपा एमाले (माधव समुह) ले समग्र रुपले बनाएको गठबन्धन भत्केको हो।

लाहान नगरपालिकाद्वारा अषाढ ३ गते हुने भनिएको नगरसभामा एकजुट भई एजेन्डा प्रस्तुत गर्ने सहमति भङ्ग भएको छ । नगरपालिकामा बिकासको नाममा हुने गरेको आर्थिक चलखेल, कर्मचारी भर्ना लगायतका मुद्दाको विषयमा दलिय गठबन्धनद्वारा विभिन्न पार्टीबाट प्रतिनिधिसमेत छनौट गरिएको थियो ।

प्राप्त जानकारी अनुसार प्रतिनिधि छनौटमा नेपाली काङ्ग्रेसबाट अरुण के.सी, जसपाबाट विजय महतो, माओवादी केन्द्रबाट गणेश चौधरी, नेकपा एमाले(माधव समुह) बाट देवशरण पन्डितलगायतका नेताहरु रहेका थिए। त्यसैअनुरूप गठबन्धनलाई कृयाशिल गर्न दलिय संयन्त्र बनाईएको थियो जसमा नेपाली काङ्ग्रेसबाट सुनिल महतो, माओवादी केन्द्रबाट विजय गुप्ता, जसपाबाट दिनेश महतो र नेकपा एमाले (माधव समुह) बाट विनोद साह लगायतका नेताहरु रहेका थिए ।

सामुहिक सहमति पछि सम्पुर्ण दलिय प्रतिनिधिले राजदेवी माताको नामले सपथ खाएका थिए तर उक्त सपथलाई राजनैतिक ग्रहणले टुक्राटुक्रा पारिदिएको छ । जम्मा चार वडामा जितेका जसपा(यादव) समुहले उक्त सहमति तोडेको आरोप छ । नेपाली काङ्ग्रेसका नेता सुनिल महतोको अनुसार जनप्रतिनिधिको बहुमतीय कोरम पुर्याउन उक्त सहमति तोडिनुमा मेयर मुनी साहको तर्फबाट ठुलो आर्थिक चलखेल भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved