Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्तरजातिय विवाह गरेकै कारण छाेरालाई बाबुकाे अन्त्यस्टि गर्न दिईएन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2021
309 shares

ओखलढुंगा असार ४ – अन्तरजातीय विवाह गरेको आरोपमा चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्येष्टिमा दुई छोराहरुलाई सहभागी हुन रोक लगाइएको छ । ७० वर्षीय तामाङको गत जेठ २९ मा घरमै निधन भएको थियो ।

उनका चार भाइ छोराहरु छन् । त्यसमध्ये माइला शंकर तामाङ र कान्छो प्रदीपलाई अन्र्तजातीय बिहे गरेको कारण देखाएर बुवाको अन्त्येष्टिमा सहभागी हुन समाजले रोक लगाएको छ । उक्त कामको नेतृत्व वडाअध्यक्षले गरेका छन् ।

वडाअध्यक्षले समुदायलाई उकासेर बुवाको मुख हेर्नसम्म नदिएको शंकर र प्रदीपको गुनासो छ । बुवा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुवाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरुलाई माटो चढाउन पनि रोक लगाइयो ।

‘यदि तिमी र तिम्रो भाइ कान्छाले छोयौँ भने सबै मलामी फर्किन्छौं भनेर रोकियो, ‘शंकरले भने, ‘त्यसपछि आमा रुनुभयो र तिमीहरु फर्क नत्र म झुन्डिएर मर्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौं ।’

उनीहरु फर्किएपछि जेठो यामबहादुर र साइलो तुलबहादुरले बुवाको अन्त्येष्टि तथा परम्परा अनुसार कामकाज गरेका छन् ।

शुक्रबार घरमा बुवाको काजकिरिया भइरहेको छ । तर माइलो र कान्छो काठमाडौंमै छन् । अन्त्येष्टिका मुख्य पूजारी लामाले क्रियापुत्रीको रुपमा सहभागी भएपनि होउ भने । तर वडाअध्यक्षको नेतृत्वको गाउँलेले नदिएको उनीहरुको आरोप छ ।

‘तिमीहरु कानुनीरुपले जहाँ गए पनि जाउ । अन्तिममा मिल्ने समाजमै हो । देशको कानुन र समाजको कानुन फरक हुन्छ भनेर वडा अध्यक्षले थर्काए’ शंकरले भने ।शंकरले क्षत्री थरकी बिहे गरेका हुन भने कान्छा भाइ प्रदिपले दलित समुदायकी केटीसँग बिहे गरेका थिए । । यस गाउँमा जातीय कारण देखाएर विभेद गरिएको पहिलो घटना भने होइन ।

सोही गाउँका राजु तामाङले दुईवर्ष अघि हजुरबुवा बित्दा आफूलाई अन्र्तजातीय बिहे गरेको भन्दै विभेदको प्रयास गरिएको बताए । वडाअध्यक्ष बलबहादुर तामाङ भने यो आरोप सरासर झुटो भएको दावी गरे ।

‘उनीहरु दाजुभाइमै कुरा भएपछि आफैले हामी छुँदैनौँ भनेर हिँडेका हुन्, ’ वडाअध्यक्षले भने, ‘मेरो कुनै भूमिका छैन ।’ तर उनले मंगलबार भने संचारकर्मीसँगको टेलिफोन कुराकानीमा तामाङ समुदायको संस्कार भएकाले त्यही अनुसार उनीहरुलाई रोक लगाइएको गरिएको जवाफ दिएका थिए ।

जातीय विभेदको शिकार बनेका छोराहरु राजनीतिक रंग गाँसिएको बताउँछन् । राजनीतिक रुपले समर्थन नगर्ने भएकोले वडाअध्यक्षको भूमिका यस्तो हुनसक्ने अनुमान गरिएको छ । किनभने अघिल्लो वर्ष मात्रै वडाअध्यक्षको हजुरआमा बित्दा उनका काकाले नेवार थरकी केटी विवाह गरेको भए पनि काज किरियामा सहभागी गराइएको थियो ।

जिल्लास्थित दलित अधिकारकर्मी देशको कानुन एउटा र गाउँमा ठूलाठालुले चलाउने अर्को कानुन भएको बताउँछन् । यस्ता विभेदका घटनामा जनप्रतिनिधिले मलजल गर्ने अवस्था आउनु दु:खद भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved