काठमाडौ । नेपाली कला संस्कृतिको संरक्षणका साथै जापानमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रथम नेपाल फेस्टिवल तोचिगी २०२५ को तयारी तीब्रगतिमा भैरहेको छ ।
एनआरएनए जापान तोचिगि क्षेत्रीय कार्यसमितिको आयोजना तथा नेपाली राजदूतावास जापान र एनआरएनए जापानको सहयोगमा आयोजना यही जुन २१ तारिख शनिबार आयोजना हुँदैछ ।
तोचिगीमा पहिलोपटक आयोजना हुन गैरहेको नेपाल फेस्टिबललाई भव्य रुपमा सम्पन्न गर्न जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि आयोजकले सार्वजनिक निमन्त्रणा गरेका छन् ।
एनआरएनए तोचिगी क्षेत्रीय समितिले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न बनाउनका निमित्त आआफ्नो स्थानबाट आर्थिक, नैतिक तथा भौतिक रूपमा सक्दो साथ, सहयोग र समर्थका लागि अपील गरेको छ ।
नेपाल र नेपालीलाई चिनाउने यस सुवर्ण अवसरलाई एकिकृत भई सक्रिय रुपमा लागि पर्न आयोजक संस्थाले हार्दिक अनुरोध मेत गरेको छ ।
