Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बर्तमान व्यवस्था जाेगाउन सबै गणतन्त्रवादी शक्तिहरु एकजुट हुनु पर्छ: एमाले सचिव छबिलाल बिश्वकर्मा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2025
116Shares

काठमाडौं । नेकपा एमालेका सचिव छबिलाल बिस्वकर्माले बर्तमान ब्यवस्था जोगाउनको निम्ति सम्पुर्ण गणतन्त्रबादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यता औंल्याउनु भएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल (नाडजाेड) को ‘छैटौं स्थापना दिवस’ को अवसरमा आयोजित कार्यक्रममा सचिव छबिलाल बिस्वकर्माले भने,”अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्र, समाबेसिता, धर्मनिरपेक्षता यतिकै आयको होइन, त्यसकारण यस्लाइ जोगाउनको निम्ति सम्पुर्ण गणतन्त्रबादी शक्ति एक हुनुपर्ने बेला आयको छ ।” पुर्बमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिस्वकर्माले राजनितिक दलले आफुलाई आत्मसमिक्षा गर्दै कमिकमजोरी सुधार्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।

नेकपा (एकीकृत समाजबादी) का सचिब गणेश बिकले कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका लगायत राज्यका हरेक संरचना दलित समुदायको समान सहभागीताको निम्ति सबैभन्दा पहिला राजनितिक पार्टी दलित समुदायसहित समाबेश बन्नुपर्ने बताए ।

नाडजाेनका अध्यक्ष तथा सभासद बिनोद पहाडीले नेपाल पत्रकार महासंघ समाबेशि बन्दै गर्दा राजनितिक पार्टी निकट पत्रकार संघ/संगठन समावेशि बन्नुपर्ने बताए । उनले सरकारी सन्चार माध्यमको नीति निर्वाचन तहमा दलित समुदायको सहभागिताको सुनिश्चित गर्नुपर्ने माग गरे ।

सभासद् कमला बिस्वकर्माले दलित समुदायभित्र पनि दलित महिला दोहोरो बिभेदमा परेको उल्ले गर्दै उनिहरुको समग्र बिकाशको निम्ति राज्यले विशेष ब्यबस्था गर्नुपर्नेमा जोड दिईन् । बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य राजकुमार हिङमाङले दलित समुदायको प्राप्त अधिकारको कार्यान्वन र थप अधिकार प्राप्त गर्न दलित समुदायले एकीकृत हुदै संघर्ष गर्नुपर्ने बताए ।

नेकपा (माओबादी केन्द्र) निकट दलित मुक्ति मोर्चाका उपाध्यक्ष पदम बिस्वकर्माले दलित समुदायबारे संवैधानिक अधिकारको ब्यबहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका महासचिब रामप्रसाद दाहालले महासंघलाई थप समाबेशी बनाउनका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रेस कमजोर हुँदा बर्तमान राजनितिक ब्यवस्थापनि कमजोर हुने उनको भनाइ छ । महासचिब दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा आमसन्चार माध्यमलाइ समाबेश गर्न नसकेको भन्दै गुनासो गरे ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले सिमान्तकृत समुदायबारे संवैधानिक अधिकारलाइ कानुन बनायर कार्यान्वन हुनुपर्ने माग गरिन् । दलित समुदायद्वारा खोलियका मिडियालाइ सरकारले नि:सुल्क दर्ता गर्नुपर्ने उनको भनाइ छ । प्रेस युनियन नेपालका उपाध्यक्ष नहकुल अर्यालले सबै प्रकारका विभेद विरुद्धको मिडिया नेटवर्क बनायर काम गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आमसन्चार माध्यम सदियौदेखी उत्पीडितमा पारिएका दलित समुदायको आवाज बन्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महांसघका केन्द्रिय सदस्य सावित्री रसाइली, प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्यमण खड्का, मधेशि पत्रकार समाजका अध्यक्ष माेहन सिंह, सन्चारिका समुहका केन्द्रिय सदस्य बिस्नु पन्थि, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा र समाजबादी प्रेस संगठनका उपाध्यक्ष कृष्णराज गौतम, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको सुचना अधिकारी गणेश विकले आम संचारमाध्यम दलित, महिला, जनजाती र मधेसी समुदायको विषयबस्तु र सहभागीको हिसाबले समाबेशी हुनुपर्ने माग गरे ।

सङ्घ देशभर क्रियाशील करीब एक हजार ५०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो । दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०६७ मा ‘लोकतन्त्रको मुल आधार, समान सहभागिता र बिभेदमुक्त समाज: अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता’ भन्ने मुल नारासहित स्थापना भएको सङ्घले ६० जिल्लामा जिल्ला शाखा गठन गरेको छ ।

त्यसैगरी काठमाडौं उपत्यकासहित ८ वटा प्रदेश कमिटी गठन गरिएको छ । सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दलित नेताको नाममा विभिन्न पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved