Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विद्यालयमै लोकतन्त्रको अभ्यास : एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2025
[webverse_shares]

भक्तपुर । लोकतान्त्रिक मूल्य र मान्यतालाई पूर्ण रुपमा अङ्गीकार गरी स्वच्छ मर्यादित चुनावी अभ्यासको संवर्द्धनलाई प्राथमिकतामा राख्दै भक्तपुर-२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न गरिएको छ। भानु, लक्ष्मी, लेखनाथ र मोति चार सदनका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि गरिएको यस निर्वाचनले राष्ट्रिय निर्वाचनको झल्को दिएको थियो।

लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस निर्वाचनमा कक्षा ७ देखि १० सम्मका ४६८ विद्यार्थीहरू मतदाताको रूपमा सहभागी भएका थिए। उम्मेदवारहरूको नाम दर्ता, चुनाव चिन्ह वितरण, र प्रचारप्रसारदेखि मतगणना आदि प्रक्रियाहरू विधिवत तथा औपचारिक ढङ्गले अघि बढाइएको थियो।

चुनावी प्रचार प्रसारमा उम्मेदवार तथा सदनात्मक सदस्यहरुको उत्साहपूर्ण  सहभागिता देखिएको थियो। मतदाता शिक्षाको रूपमा मतदान प्रक्रिया, मत बदर हुन सक्ने अवस्था, आचारसंहिता र स्वस्थ प्रतिस्पर्धाको महत्वबारे विद्यार्थीहरूलाई पूर्व-अभिमुखीकरणसमेत प्रदान गरिएको थियो।

निर्वाचन व्यवस्थापनमा पनि विद्यार्थीहरूले नै प्रमुख निर्वाचन आयुक्त, मतदान अधिकृत, पर्यवेक्षक, सुरक्षाकर्मी लगायतका सम्पूर्ण  जिम्मेवारी विद्यार्थीहरूले नै बहन गरेका थिए। मतदान हुने अघिल्लो दिन नै मतदाता परिचयपत्र वितरण गरिएको थियो।

बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएको थियो। मतदान पश्चात् मतपेटिका सिलबन्दी गरी विद्यालयका प्रधानाध्यापक, प्रशासकीय प्रमुख, सहायक प्रधानाध्यापक, पर्यवेक्षक तथा उम्मेदवार प्रतिनिधिको रोहवरमा मतगणना गरिएको थियो। यस निर्वाचनमा आठ पदका लागि २१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रमाणपत्रसहित बधाई तथा सम्मान प्रदान गर्नुभयो। उनीहरूले विद्यालयको मूल्य, मान्यता र अनुशासनको रक्षा गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने सफथ  लिए।

विद्यालयमा गरिएको यो चुनावी अभ्यासले विद्यार्थीहरूमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।
निर्वाचन कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन कार्यमा माध्यमिक तह संयोजक निरण मानन्धर लगायत सामाजिक अध्ययन विभागका सम्पूर्ण शिक्षकहरुको सक्रिय रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved