काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ । बढुवा समितिको सिफारिसको आधारमा जेठ १३ मा राना सहित ११ जनालाई गृहमन्त्री रमेश लेखकले बढुवा गर्ने निर्णय गरेका थिए ।
गृह मन्त्रालयले रानालाई अख्तियारमा पदस्थापन गरेर त्यहाँ कार्यरत हिमालय कुमार श्रेष्ठलाई सरुवा गरेको छ । श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
