Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको गुनासाे : न खेत छ, न काम, माछा मार्न पनि पाइन्न अब कसरी बाच्ने ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2025
45 shares

चितवन ।  चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व संकटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ।

चितवनमा यहि जेष्ठ १२ गतेबाट जारी ५ दिने अन्तराष्ट्रिय ‘आदिवासी जनजाति बिधिमा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ कार्यशाला प्रशिक्षणका सहभागीहरु, स्थानीय सञ्चारकर्मी, बोटे संरक्षण अभियन्ता, अनुसन्धानकर्ता र नेपालका आदिबासी जनजाति संग सम्बन्धित संघ सस्थाहरुको सहभागितामा सो अध्यान अबलोकन कार्यक्रम आयोजना गरिएको थियो।सो टोलीले जेठको १४ गते उक्त गाउँको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था अवलोकन गरेको हो। टोलीले बोटे समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको जीवनशैली, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सरकारी सेवाबाट वञ्चित अवस्थाबारे विस्तृत जानकारी लिएको थियो।बोटे समुदायकी महिला माइली बोटेले भावुक हुँदै उक्त समुदायमाथि हाल नदीबाट माछा मार्न लगाइएको रोकले उनीहरूलाई वैकल्पिक आय स्रोतबिनानै जीविकाको संकटमा पुर्‍याएको बताउनु भयो। “न खेत छ, न काम, माछा मार्न पनि पाइन्न अब कसरी बाच्ने ?”सदियौ देखी माछा माछा मार्ने, सुन चाल्ने र नदीमा डुङ्गा तार्ने पेशा संकटमा परेको समुदायका सदस्यहरुले बताएका छन्।

नदीकै श्रोत र माछा मारेर दैनिक खानामा आश्रित बोटे समुदायको सबै पेशा संकटमा परेको र अहिले आएर दैनिक जीवनयापनमा संकट उत्पन्न भएको चितवन चंद्रपुरीकी नुमा बोटेले बताउनु भयो।अबलोकन भ्रमण टोलीका सदस्य तथा नेपाल आदिबासी जनजाति महासंगका राष्ट्रिय उपाध्यक्ष युबराज जिरेलका अनुसार, नेपालमा धेरै आदिबासी जनजाती खाद्य संकटमा पुग्न लागेको बताउनु भएको छ।

आदिबासी बोटे समुदायको रैथाने खाना र खाद्य ब्यबस्थामा गम्भीर असर गरेको सो कार्यक्रममा जानकारी गराउनु भयो। ‘हामीले बजारमा पाउने खाना मात्र खाएर हाम्रा नया पुस्ताले हाम्रै खाना बनाउन नसक्ने भए, स्कुलमा पनि हलिवा र चना खुवाउछन। स्कुलमा हलुवा खुवाएपछि बच्चाले घरको खाना मन पराउदैन।’ नजिकै भएको बिद्यालयमा रैथाने खाजा  मात्रै खुवाउन सके पनि परम्परागत खानामा गुम्दै गएको नया पुस्ताको बिस्वास पुनर्स्थापित हुने खाद्य तथा कृषि संगठन नेपालका राज हुमागाईंले बताउनु भयो।

स्थानीयबासीहरूले बोटे समुदायको संस्कृति, परम्परागत सीप, रैथाने खानामा भएको समस्या, जमिन र सहकार्यको अभाब र दुःखका गाथाहरू पनि सुनाएका थिए। टोलीका सदस्यहरूले बोटे समुदायको ऐतिहासिक पहिचान र योगदानलाई सम्मान गर्दै खाध्य सुरक्षाको लागि बोटे समुदायकै पुस्तैनी ज्ञानको नया पुस्तामा हस्तान्तरण जरुरि रहेको जानकारी गराइयो। बोटेगाउँ नेपालका हजारौ समुदायको प्रतिनिधि समुदाय हो।

यो अवलोकनको विषय मात्र होइन, सरकारी जिम्मेवारी, रैधाने खाद्य ब्यबस्था को सम्मान, रैथाने ज्ञानको अभिलेखिकरण र समुदायको सक्रिय सहभागिता बिना खाध्य सुरक्षा सुनुस्चित गर्न गार्हो हुने खाद्य तथा कृषि संगठन मुख्यालयका योन फ़र्नाण्डेजले बताउनु भयो।खाद्य तथा कृषि संगठन (FAO) नेपालको आयोजनामा जेष्ठ १६ गते सम्म संचालन हुने ‘आदिवासी जनजाति बिधिमा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ नामक कार्याशाला तालिममा आदिबासी जनजातीको रैथाने ज्ञानमा आधारित खाध्य व्यवस्थाको परिचात्मक बिधि तथा रैथाने विधिमा आधारित जैविक पुनर्स्थापना पद्धतिको बारेमा बिस्तृत प्रशिक्षण भैरहेको छ।

नेपालका सातै प्रदेश र ३० जिल्लाका ५५ जना उक्त प्रशिक्षणमा सहभागी छन्। नेपाल लगायत भारत, ब्राजिल, इक्वेडर, स्पेन, फ्रान्स लगायत ८ देशका सहभागी र प्रशिक्षकबाट नेपालमै पहिलोपटक यो बिषयमा प्रशिक्षण आयोजना गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved