लाेकमणि रिजाल,जापान। एनआरएनए क्षेत्रिय समिती तोचिगी जापानले आगामी जुन २१ तरिखमा प्रथम ऐतिहासिक नेपाल फेस्टिवल गर्ने भएको छ । “नेपाल जापान मित्रताको सम्मान,भाषा कला सँस्कृतिको आदान प्रदान” भन्ने मूल नाराका साथ जापान लगायत अन्तराष्ट्रिय समुदायमा नेपाली भाषा,कला,सँस्कार सँस्कृति,रितिरिवाज,खानपान र भेषभुषाको प्रचार प्रसार गरी देशको पर्यटन प्रबर्धनमा टेवा पुर्याउने,जापान संगको नेपालको सम्बन्ध थप प्रगाढ बनाउनका लागि उचुनोमियाको एकी स्थीत लाइटक्युवमा प्रथम नेपाल फेस्टिबलको आयोजन गर्न लागिएको एनआरएनए तोचिगी क्षेत्रिय समितीका संयोजक सन्तोष घिमिरेले बताउनुभयो ।
जापान स्थीत नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुबेदीको प्रमुख अतिथ्यतामा सम्पन्न हुने फेस्टीवलको लागी विभिन्न विभागहरु गठन गरी तयारी गरिनुका साथै हिजो बुधबार जापान स्थीत नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुबेदी, एनआरएनए जापानका अध्यक्ष नबिन निउरे,उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ ,उपाध्यक्ष शुभाष लामिछाने ,सचिन श्रेष्ठ,महासचिव टिकाराम खरेल लगायतले ब्यानर तथा पर्चा सार्वजनिक गर्नु भएको कार्यक्रम संयोजक एबं एनआरएनए तोचिगी क्षेत्रिय समितीका का वा सचिव मन सुधन बंशीले जानकारी दिनुभएको छ ।
फेस्टीवलमा नेपाल तथा जापानको खानपानको विभिन्न परिकारका १३ वटा स्टलहरु राखिने,साँस्कृतिक बाजागाजा,भेषभुषा,नाँचगान लगायतका साहित्यिक तथा सांगितिक माहोल प्रर्दशनी गर्ने तयारी रहेको कार्यक्रमको एस बि आई रेमिट र एभरेष्ट कम्पनी लिमिटेडले प्रमुख इभेन्ट पार्टनरको प्रायोजन गरेको छ । बिशिष्ट अतिथीको रुपमा तोचिगी प्रान्तिय प्रमुख, एनआरएनए आइसिसी, एनआरएनए जापानका अध्यक्ष एबं उचुनोमिया नगरपालिकाका मेयर लाई आमन्त्रण गरिएको क्षेत्रिय संयोजक घिमिरेको भनाई रहेको छ । नेपाली समुदायको प्रतिनिधित्व हुनेगरी हाल सम्मकै पहिलो फेस्टीवल आयोजना गर्न लागिएकोले एनआरएनए जापानका सबै क्षेत्र,नेपाली तथा अन्तराष्ट्रिय समुदायले उपस्थिती जनाएर नैतिक,भौतिक,आर्थिक सबै किसिमका सहयोग गरी कार्यक्रम सफल बनाउन आग्रह समेत गरिएको कार्यक्रम संयोजक बंशीले जनाउनु भएको छ ।
कार्यक्रममा बिभिन्न हिषावले प्रवासमा बसेर नेपाली आप्रवासीहरुलाई योगदान पुर्याउने राजदुतावास, तोचिगी प्रान्त,उचुनोमिया नगरपालिका,विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुलाई सम्मान,कद्धर पत्र तथा मायाको चिनो समेत प्रदान गरिने योजना रहेको क्षेत्रिय संयोजक घिमिरेले बताउनुभयो ।
तोचिगी स्थीत ताबुआता भोलेन्टिअर गैससको प्रमुख संयोजन रहेको कार्यक्रमका लागी नेपाली राजदुतावास जापान,एनआरएनए जापान,तोचिगी इन्टरनेसनल एसोसियसन,उचुनोमिया सिटी, उचुनोमिया सिटी इन्टरनेसनल, उचुनोमिया नेपााली समाज,डोल्प्स ग्रुप,टिम तोमोदाची,आरडी ग्रुप,तोचिगी नेपाली कम्युनिटी,संगसंगै,रहेको छ । त्यसैगरी मिडिया पार्टनरको रुपमा देश पोष्ट मिडिया प्रा.लि. द्धारा सञ्चालित देश पोष्ट डट कम,देश पोष्ट अनलाइन टि.भी.,मिया सामुदायिक रेडियो र जनहित न्युज रहेको छ ।
