Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इट्टाभट्टामा मृत्यु भएको पुष्टि नभएको भन्दै उच्चद्धारा आलमलाई सफाइ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2025
6 shares

काठमाण्डौं। जिउँदै इट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भइ कारागारमा रहेका पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाइ उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको छ ।

बुधबार न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । फैसलाको संक्षिप्त पाठअनुसार आलमलाई सफाइ दिन उच्चले मुख्य चारवटा आधार लिएको देखिन्छ ।

सफाइ दिन अदालतले आलमलाई महान्यायाधीवक्ताको कार्यालयलयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विष्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको छ ।

यसैगरी उच्चले विधिविज्ञान परीक्षण प्रतिवेदनबाट समेत मृतकहरूको इट्टाभट्टामा पोलिएर मृत्यु भएको दाबी पुष्टि हुन नसकेको आधार देखाएको छ ।

२०६४ चैत २७ मा बम विष्फोट भएको भनिएकोमा त्यो आधार अनुसन्धानबाट पुष्टि हुन नसकेको उच्चको ठहर छ । संक्षिप्त पाठमा भनिएको छ, ‘बम विष्फोटको विषयमा जाहेरी परी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरूको मृत्यु एकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरेको देखियो ।’

यस सम्बन्धमा सर्वोच्च अदालतबाट २०६५ असार २० मा भएको निर्णय बदर गरी पुनःप्रमाणित गरी प्रचलित कानुन बमोजिम गर्न गराउन २०६९ जेठ १६ गते परमादेश जारी भई २०७५ चैत ११ मा पुनः अनुसन्धान भएको देखिने पनि संक्षिप्त पाठमा उल्लेख गरिएको छ ।

यी आधार र कारण देखाउँदै उच्चले जिल्लाले गरेको सजाय नमिलेको देखिइ उल्टी भइ सफाइ पाउने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved