आकाश मगर, उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरले एक कार्यक्रमको विचमा मेरा पिक हिमाल ६ हजार ४ सय ७६ मिटरको सफल आराेहन गरेका चित्रकुमार कार्कीलाई उदयपुरको सदरमुकाम गाईघाटमा स्वागत सम्मान गरिएको छ ।
कार्कीले विभिन्न विद्यामा गिनिज वल्र्ड रेकर्ड बनाएका छन् भने, कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति उदयपपुरले भव्य कार्यक्रममा स्वागत तथा सम्मान गरेका छन् । कार्यक्रममा प्रदेश प्रवक्ता प्रदेश सदस्यहरू , जिल्ला समिति , निर्वाचन क्षेत्र समिति ,पालिका समिति ,वडा समिति लगाएतकाे उपस्थितिमा सामुहिक सम्मान स्वागत गरिएको बताइएको छ ।
कार्कीले पर्यटकलाइ आकर्षण गरौ,शान्ती र संविधान युबाहरुको अभियान जस्ता नाराहरु लिएर सामाजिक काममा पनि उत्तिकै झुकाब राख्छन्। कार्कीले नेपालभर उल्टो मोटर साइकल यात्रा गरिसकेका छन् । यस्तै थुप्रै राष्ट्रिय साहासी युबा प्रतिभा पुरस्कार समेत हात पारिसकेका छन।
कार्कीले कार्यक्रममा बाेल्दै भन्नू भयो मान्छेको सबै कुराहरू अस्थायी हुन तर अस्थायी दुनियाँमा केही न केही स्थायी काम गरेर जानू समाजलाई नयाँ नयाँ उर्जा सहित केही मेसेज दिनु नै सफलता हो । कार्कीले भने उपहार पुरस्कार नै सबै चिज त होइनन् तर यस्ता कुराले अझै समाजमा सकारात्मक र सिर्जनशील काम गर्ने उर्जा मिल्ने बताएका छन् । कार्कीले मेरा पिक हिमालमा राष्ट्रिय झण्डा र घण्टीकाे झण्डा फहराएका थिए । कार्कीलाई बुधबार उदयपुरको सदरमुकाम गाईघाट हिमालयन हाेटलकाे सभाहलमा रास्वपा उदयपुरका सदस्यहरूले भव्य स्वागत सम्मान गरिएको थियोे ।

