ज्ञानेश्वर सहानि/ नवलपरासी
पश्चिम नवलपरासीको परासी खानेपानी उपभोक्ता समिति सचिव उमाशंर उपाध्यायकाे घरमा बिना मिटर जडान गरि खानेपानी उपभाेग गरेको पाइएको छ ।
सानाेलाई एन ठुलालाई चैन भनेजस्तै परासीमा बिना मिटर जडान गरि डाइरेक्ट माेटर लगाएर पानी खाएको पाइएको छ।परासी खानेपानी उपभोक्ता समिति सचिव उमाशंर उपाध्यायले यस्तो काम गरेको पाइएको हाे।

परासी खानेपानी उपभोक्ता समिति सचिव उपाध्यायले खान प्रयाेग गरिने न्युनतम शुल्क मात्रै तिर्दै आएका छन ।
