Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संघीय गणतान्त्रिक गठबन्धनको घोषणा जेठ १५ गते जनकपुरमा गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 28, 2025
84 shares

जनकपुर धाम। देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि विभिन्न विचारधाराका पाँच दलहरूबीच गठबन्धन निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। यही सन्दर्भमा आज जनकपुरधाम मा सम्पन्न उच्चस्तरीय बैठकले आगामी जेठ १५ गते (गणतन्त्र दिवस) को अवसरमा जनकपुरधाममा “संघीय गणतान्त्रिक गठबन्धन” को औपचारिक घोषणा गर्ने निर्णय गरेको छ।

बैठकमा सहभागी नेताहरूले संयुक्त रूपमा दिएको भनाइमा उनीहरूले यस गठबन्धनलाई नयाँ युगको राजनीतिक आवश्यकता र जनताको भावना अनुसारको कदम भनेका छन्।

मो. रिजवान अन्सारी, अध्यक्ष, नेपाल संघीय समाजवादी पार्टी

> “हामीले रगत बगाएर ल्याएको गणतन्त्र, संघीयता र समावेशीतालाई कमजोर पार्ने प्रयास भइरहेका छन्। अब यो गठबन्धनले ती सवै उपलब्धिहरूको रक्षा गर्दै जनताका मुद्दामा केन्द्रित भएर काम गर्नेछ।”

हरिनन्दन कुमार रंजन, अध्यक्ष, बहुजन एकता पार्टी नेपाल

> “बहुजन, दलित, आदिवासी, मुस्लिम, मधेसी, महिला, युवा लगायत पछाडि पारिएका समुदायका आवाजलाई स्थापित गर्न वैकल्पिक राजनीतिक शक्ति निर्माण अत्यावश्यक भइसकेको छ। यो गठबन्धन नयाँ आशा र विश्वासको सुरुवात हो।”

रामकुमार महतो, अध्यक्ष, नेपाल सद्भावना पार्टी

> “हामी सद्भाव, समानता र समावेशीताका आधारमा राजनीति गर्न चाहन्छौं। गठबन्धनको माध्यमबाट हामी समग्र मधेस र सिमान्तकृत समुदायको समृद्धि र सम्मानको बाटो खोल्न गइरहेका छौं।”

डि.पी. निषाद सहनी, अध्यक्ष, नेपाल जनजागृति पार्टी

> “हामी निषाद, दलित,पिछ्डा,मुस्लिम , र अन्य श्रमिक वर्गका आवाजलाई संविधान र नीति निर्माणको मूलधारमा ल्याउनेछौं। गठबन्धनमार्फत जनताको सरकार निर्माण हाम्रो मुख्य लक्ष्य हुनेछ।”
बदरी ठाकुर अध्यक्ष ऐतिहासिक जनता पार्टी। देश र मधेशको उत्पीडित जनताको वास्तविक राजनीतिक शक्ति अब निर्माण हुन लागेको छ। यस शक्तिले उत्पीडित जनताका र सहिदहरूका सबै सपनाहरुलाई साकार गर्नेछ
बैठकले घोषणापत्रको तयारी, सांगठनिक संरचना, प्रचार रणनीति र दीर्घकालीन कार्ययोजना तय गर्ने जिम्मेवारी पनि संयुक्त रूपमा लिएको जनाएको छ। आज बसेको गठबन्धनको बैठकले संघीय गणतान्त्रिक गठबन्धन घोषणा गर्ने सबै तयारी पूरा भइसकेको जनाएको छ।

गठबन्धनको औपचारिक घोषणा जनकपुरधाममा जेठ १५ गते विशेष कार्यक्रम मार्फत गरिनेछ, जसमा देशभरका हजारौं कार्यकर्ता, बुद्धिजीवी, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो गठबन्धनले संघीय गणतान्त्रिक प्रणालीलाई सुदृढ बनाउँदै, सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्ने दिशामा नयाँ राजनीतिक लहर ल्याउने सम्भावना बलियो देखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved