Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्रकारिता तालिमको दीक्षान्त समारोह सम्पन्न अनलाइन माध्यमबाट प्रमाणपत्र वितरण, प्रविधिको प्रभावकारी प्रयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 26, 2025
[webverse_shares]

काठमाडौँ । महाप्रतिवाद राष्ट्रिय साप्ताहिकद्वारा सञ्चालित पत्रकारिता तालिम बैशाख २२ गतेदेखि सुरु भई जेष्ठ १० गतेसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ । अनलाइन माध्यमबाट सञ्चालन गरिएको उक्त तालिममा नेपालका विभिन्न क्षेत्रहरू र युएईबाट गरी कुल ६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

नेपाली पत्रकारितामा २६ वर्षभन्दा लामो अनुभव राख्ने महाप्रतिवाद साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक तारा लामिछाने (गिदोन) तालिमको प्रमुख प्रशिक्षक थिए ।

जेष्ठ १२ गते सम्पन्न दीक्षान्त समारोहको सञ्चालन महाप्रतिवादकी कार्यकारी सम्पादक अनिता रसाइलीले गरिन् ।

समारोहमा नेपाल पत्रकार महासंघ युएई शाखाका पूर्व अध्यक्ष तथा जनप्रगतिशील मञ्च युएईका अध्यक्ष लक्ष्मण खनाल, कास्की आदर्श समाज युएईका प्रमुख सल्लाहकार शिव कुमार श्रेष्ठ, सूचना चौतारी डटकमका प्रमुख दिपेश श्रेष्ठ र महाप्रतिवादका प्रधान सम्पादक तारा लामिछाने अतिथिका रूपमा सहभागी थिए । समारोहको सभाध्यक्ष युएई समाचारदाता कृष्ण कुँवर कर्नेलियस थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूमा अशोक चौधरी (कञ्चनपुर), देवनारायण मण्डल (सुनसरी), सुजन सुनार (तनहुँ), टेक बहादुर कुँवर (पर्वत), विवश लामिछाने (धरान) र यामबहादुर श्रीराम रानाभाट (युएई) थिए ।

प्रशिक्षार्थीहरूले तीन–तीन मिनेटको अनुभव प्रस्तुत गरेपछि कार्यक्रममार्फत प्रमाणपत्र वितरण गरिएको थियो ।
समारोहमा अतिथि मन्तव्य क्रमशः दिपेश श्रेष्ठ, लक्ष्मण खनाल, शिव कुमार श्रेष्ठ र अनिल के घिसिङले दिएका थिए ।

स्वागत मन्तव्य फोटो पत्रकार शुक्रान्त राईले दिएका थिए भने कार्यक्रमको समापन सभाध्यक्ष कृष्ण कुँवर कर्नेलियसले गरेका थिए ।

तालिमले नयाँ पत्रकारहरूमा व्यावसायिकता, सीप र प्रेरणा थप्ने उद्देश्य पूरा गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved