काठमाठ। अमेरिकाले थप ९ जना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत साता नेपाल फर्काइएको हो ।
नेपाल फर्काइनेमा, विश्वकर्मा, वली, केसी, भण्डारी र केसी थरीका एक / एक जना रहेका छन्। त्यस्तै केसी, देवकोटा, बोहोरा र शेर्पा थरीका एक / एक जनालाई पनि नेपाल फर्काइएको हो । ५ जनालाई गत बिहीबार र ४ जनालाई गत मंगलबार काठमाडौं ल्याइपुर्याएको स्रोतले जानकारी दिएको छ।
उनीहरूलाई एयर इन्डियाको जहाजबाट नेपाल ल्याइएको हो । अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका उनीहरूलाई निष्कासन गरी काठमाडौं फर्काइएको स्रोतल जानकारी दिएको हो।
