काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनपश्चात पक्राउ परेका ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त घटनामा दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणालगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
