Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिनकुने घटना प्रकरण : प्रसाईंलाई पाँच वटा मुद्दा चलाउन प्रहरीकाे राय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 22, 2025
[webverse_shares]
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गर्न संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई पाँच वटा मुद्दा चलाउने गरी प्रहरीले राय दिने तयारी गरेको छ।

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ प्रसाईंले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डाका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा राखेका थिए।

तर सभा हुनुअघि नै प्रदर्शन हिंसात्मक बनेको थियो। प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाएका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो।

प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र र पार्टी कार्यालयमा आगजनी गरेका थिए भने भाटभटेनी सुपरमार्केट लुटपाट गरेका थिए। भने, दुई जनाको मृत्यु भएको थियो।

घटनापछि फरार रहेका प्रसाईंलाई प्रहरीले भारतबाट नेपाल ल्याएको थियो। प्रसाईं चैत २९ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

प्रसाईंमाथि अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए।

‘कति जनाविरूद्ध मुद्दा चलाउने भनेर हेर्ने काम भइरहेको छ। अहिले नै यति जनाविरूद्ध चल्छ भनेर यकिन भइसकेको छैन,’ उनले भने।यो घटनामा परिसरले ५६ दिनदेखि अनुसन्धान गरिरहेको छ। यसमा बयान लेखन र प्रमाण संकलनको काम सकिसकेको छ।

प्रहरीले यस घटनामा मुख्य दोषी दुर्गा प्रसाईंलाई नै बनाएको छ। प्रसाईंविरूद्ध प्रहरीले पाँच वटा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा राय दिने तयारी गरिरहेको छ।

एसपी बोहराले प्रसाईंविरूद्ध अन्य मुद्दासँगै ज्यानसम्बन्धी कसुरमा पनि मुद्दा चलाउन राय दिइने बताए।

प्रसाईंविरूद्ध पत्रकार सुरज रजकको मृत्यु भएको घटनालाई लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने कसुरमा पनि मुद्दा चलाउन राय दिन लागेको हो।

एभिन्युज टिभीका पत्रकार रजकको चैत १५ गते तीनकुनेमा आगजनी भएको घरमा जलेर मृत्यु भएको थियो।

यही कसुरमा प्रसाईंनिकट अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाहीविरूद्ध पनि ज्यानसम्‍बन्धी कसुरमा मुद्दा चलाउन राय दिन लागेको हो।

दुवैले तीनकुनेको घरमा आगजनी गरिरहेको भिडिओ सार्वजनिक भएको थियो। यसबाहेक प्रहरीमाथि गाडी चलाएको भन्दै प्रसाईंविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८३ अन्तर्गत ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पनि मुद्दा चलाउन राय दिन लागेको हो।

त्यस्तै संहिताको दफा ५० अनुसार राजद्रो, दफा २८५ अनुसार आपराधिक उपद्रव र संगठित अपराधमा समेत मुद्दा चलाउन राय दिन लागेको हो।

प्रहरी परिसरको हिरासतमा अहिले राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेका २६ जना छन्। आपराधिक उपद्रवकको कसुरमा २७ जना हिरासतमा छन्।

त्यस्तै ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्यसचिव रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा समितिले तोकेका आन्दोलन परिचालन समितिका धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved