Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै श्रम मन्त्री भण्डारीलाई ज्ञापनपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 21, 2025
[webverse_shares]

डिकेन्द्र बस्नेत, काठमाडौं – श्रमिकका समस्या समाधानको माग गर्दै एकीकृत ट्रेड यूनियन महासंघको नेतृत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई आज ज्ञापनपत्र बुझाइएको छ।

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले संयुक्त रूपमा मन्त्री भण्डारीसँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारी कर्मचारीबाहेक अन्य श्रमिकहरूको पनि न्यूनतम पारिश्रमिक वृद्धि समावेश गर्न माग गरेका हुन्।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद लम्साल, नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेमबहादुर कार्की, उपाध्यक्ष उद्धवप्रसाद दाहाल, महासचिव वेदप्रसाद हुमागाईं र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनका महासचिव पूर्ण थापा सहभागी थिए।

कार्यक्रममा अध्यक्ष कार्कीले श्रमिकहरूका तलब, सुरक्षा, सामाजिक सुरक्षालगायत विविध समस्या र सुझावहरू वाचन गर्दै मन्त्रीसमक्ष राखेका थिए।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री भण्डारीले श्रमिकहरूको मागलाई सरकार गम्भीरतापूर्वक लिएको बताउँदै यस्ता मागहरू पहिले औपचारिक रूपमा नआएको जनाउनुभयो। “तपाईंहरूले उठाउनु भएका मागहरू न्यायसंगत छन्, आगामी बजेटमा सकेसम्म सम्बोधन गर्नेछौँ,” मन्त्री भण्डारीले भन्नुभयो।

उहाँले रोजगारदाताबाट श्रमिकहरू शोषित हुँदा पनि मन्त्रालयमा उजुरी नआएकाले कारबाही गर्न गाह्रो भएको बताउँदै श्रमिकहरूको आवाज सरकारसम्म पुर्‍याउन ट्रेड यूनियनहरूको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो।

महासंघका अध्यक्ष लम्सालले चालु आर्थिक वर्षमै श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved