मकवानपुर । मकवानपुरकाे भिमफेदी गा.पा.- ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडमा चित्लांग बाट बाराको लालबन्दी जादै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नं. को विङ्गर गाडी दुर्घटना भएको छ ।
गाडी सडक देखी करिब २० मिटर तल खसी दुर्घटना भै सल्लाको रूखमा अड्किको थियो । उक्त गाडीमा चालक सहित १४ जना सबै घाइते रहेको र जस मध्ये ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरिले जनाएको छ ।
प्रहरिका अनुसार गाडी बेक्र फेलभई दुर्घटना भएको र घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ प्रहरिले जनाएको छ ।
