Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कमल २ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा, सामूहिक प्रतिबद्धतामा हस्ताक्षर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 20, 2025
75 shares

डिकेन्द्र बस्नेत

झापा । “स्वस्थ बालबालिका, सुरक्षित भविष्य” भन्ने नारासहित कमल गाउँपालिका–२ ले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

सोमबार वडा कार्यालयको सभाहलमा आयोजित विशेष समारोहमा वडालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता र दिगोपना वडा घोषणा गरियो। कार्यक्रममा वडाध्यक्ष अशोक सुब्बाले अध्यक्षता गर्नुभएको थियो। उहाँले भन्नुभयो, “यो केवल घोषणामात्र होइन, समग्र वडावासीको साझा प्रयास, प्रतिबद्धता र विश्वासको प्रतिफल हो।”

कार्यक्रमको विशेष अङ्गका रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता कायम राख्ने प्रतिबद्धतापत्रमा सामूहिक हस्ताक्षरसमेत गरियो। वडाध्यक्ष अशोक सुब्बासहित स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधि, स्वयंसेवक, र स्थानीय अगुवाहरूले उक्त दस्तावेजमा हस्ताक्षर गर्दै खोपको निरन्तरता, निगरानी र मातृ–शिशु स्वास्थ्यको समग्र सुधारका लागि दृढ प्रतिबद्धता जनाए।

कमल नगर अस्पतालका प्रमुख दीपक दाहालले सामूहिक हस्ताक्षरलाई “समुदायको स्वामित्वको स्पष्ट संकेत” बताउँदै खोप सुनिश्चितता कुनै एक संस्थाको नभई सम्पूर्ण समुदायको साझा सफलता भएको बताए।

स्वास्थ्यकर्मी अन्जना सापकोटाले खोप छुटेका बालबालिकालाई पहिचान गरी घर–घर पुगेर खोप सुनिश्चित गरिएको बताइन्। महिला स्वास्थ्य स्वयंसेविका इन्दिरा खड्काले भन्नुभयो, “आज हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौं, त्यो हाम्रो गर्व हो।”

स्वयंसेविका चन्द्रकला ढकाल र उषा दाहालले समर्पण र सहकार्यलाई सफलताको मूल चाबी माने। विद्यालयहरूबाट पनि सहयोग प्राप्त भएको उल्लेख गर्दै श्री कमला मदन आश्रित माविका व्यवस्थापन समिति अध्यक्ष होम बराल र पथिभरा बोर्डिङ स्कुलका प्रधानाध्यापक राम आङ्देम्बेले खोप अभियानमा शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए।

वडा सदस्य भीमसिंह कार्कीले यो घोषणा निरन्तर प्रयासको सुरुआत भएको बताए भने सदस्य सम्झना रणपहेलीले स्वास्थ्य र शिक्षामा जनप्रतिनिधिको सक्रियता सफलताको आधार भएको उल्लेख गरिन्।

कार्यक्रमको समापनमा अध्यक्ष सुब्बाले आगामी दिनमा मातृ तथा नवजात शिशु स्वास्थ्य, पोषण र नियमित स्वास्थ्य सेवा प्रवाहमा जोड दिइने जानकारी गराउनुभयो।

समारोहमा वडा सदस्यहरू, स्वास्थ्यकर्मी, शिक्षक, टोल विकास समिति, अभिभावक, स्वयंसेवक, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved