Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रौतहटको भारत-नेपाल सिमानामा तस्करी मौलाउँदै: प्रहरी र राजनीतिक संरक्षणमा तस्करी बढ्दो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 11, 2025
203Shares

मेवालाल यादव, रौतहट। नेपाल–भारत सिमानामा पर्ने एक संवेदनशील जिल्ला, तस्करीको बढ्दो गतिविधिबाट अहिले पुनः चर्चामा आएको छ।रौतहट ईशनाथ को बन्जरहा, औरैया, मठिया,भारतीय तस्करहरूको लाल किला बनेको छ। ईशनाथ को औरैया वाट दिनहू पाँच वटा नाईट बस काठमाडौं सम्म जाने गर्छ सो बसमा भारतीय कपडा,सूर्ती र चोरीको मोबाइल, लैपटप जस्ता सवेदन शिल बस्तूहरूको तसकरी मौलयायको स्थानीय हरूको भनाई रहेको छ।रामपुरखापजस्ता प्रमुख सिमानाका नाकाहरू हुँदै मदिरा, इन्धन, किराना, माछा, कपडा, जुत्ता, तयारी पोशाक, गिट्टी–बालुवा, कुखुरा, सुर्तीजन्य वस्तुजस्ता उपभोग्य सामानहरू दैनिक रूपमा तस्करी भित्र्याइने कार्य तीव्र भएको छ।

स्थानीय स्रोतका अनुसार, रौतहटका प्रहरी ऊपरिक्षकको हालसालैको सरुवा पश्चात तस्करीको गतिविधिमा एक्कासी तीव्रता आएको हो। नयाँ प्रहरी ऊपरीक्षक तस्करी रोक्न सक्लान् कि फेरि यथास्थितिलाई मौन समर्थन दिनेछन् भन्ने प्रश्न स्थानीय बासिन्दाबीच उब्जिएको छ।

खासगरी औरैया, बन्जरहा, र मठिया नाकाबाट नाइट बस प्रयोग गरी रातको समयमा ठूला परिमाणमा सामान नेपाल भित्र्याउने गरिएको छ। यस प्रक्रियामा स्थानीय चौकी इन्चार्जहरूको भूमिका पनि प्रश्नवाचक बन्न थालेको छ। जनगुनासोअनुसार, प्रहरीकै मिलेमतोमा तस्करी खुलेआम भइरहेको छ। औरैया, मठिया र बन्जरहा चौकीका सुरक्षाकर्मीहरू नै निगरानीको नाममा तस्करीलाई संरक्षण गरिरहेको आरोप लागिरहेको छ।

भारततर्फका बजारबाट सस्तो मूल्यमा ल्याइएका लाखौँ रुपैयाँ बराबरका तयारी कपडा, जुत्ता, सुर्ती, र अन्य सामग्रीहरू नेपालतर्फ भित्र्याइने गरेको छ। स्रोतहरूका अनुसार, केही तस्करहरूलाई स्थानीय राजनीतिक नेतृत्वले संरक्षण दिँदै आएको छ, जसले गर्दा सुरक्षाकर्मीहरू पनि दबाबमा रहने गरेका छन्।

सुरक्षाकर्मी र राजनीतिक संरक्षणमा तस्करी खुलेर भइरहेपछि राज्यप्रतिको जनताको विश्वासमा गम्भीर क्षति पुगेको स्थानीयले बताएका छन्। “जनताको सुरक्षा गर्ने जिम्मेवारी लिएका प्रहरी नै अवैध कारोबारमा संलग्न छन् भने आम सर्वसाधारण कसरी सुरक्षित हुने?” भन्ने चिन्ता गहिरिँदै गएको छ।

यसरी बढ्दो तस्करीले सीमा क्षेत्रमा राज्यको नियन्त्रण कमजोर भएको सन्देश दिएको छ। अबको चुनौती भनेकै हाल नियुक्त प्रहरी उपनिरीक्षकले तस्करी नियन्त्रण गर्न सक्छन् कि सक्दैनन् भन्ने हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved