Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारतमा रहेकाहरु सचेत रहनुस,पाकिस्तानमा रहेकाहरु फर्काउन माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2025
116

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । भारतीय जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त गर्न सकिने स्थानमा बस्न सूचित गराएको छ ।

दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएको सुरक्षासम्बन्धी निर्देशनहरु पालना गर्न आग्रह गरेको छ । ‘भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँ दिल्ली अनुरोध गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, आपतकालीन अवस्थामा दूतावासको टेलिफोन नम्बर ९१–११ २३४७६२००, हटलाइन नम्बर ९१–८९२९६०१९२५ वा नेपाली महावाणिज्य दूतावासको टेलिफोन नम्बर ९१–०३२४५६१२२४ तथा मोबाइल नम्बर ९१–९७४८४६६९०० मा सम्पर्क गर्न भनिएको छ । छिमेकी दुई मुलुकबीच युद्ध शुरु भएपछि परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीलाई पनि सचेत रहन आग्रह गरेको छ । रास्वपा सांसदले भने पाकिस्तानमा रहेका नेपाली विद्यार्थीलाई फर्काउन माग गरेका छन् ।

सांसद सुमना श्रेष्ठले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीलाई मुलुक फर्किने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाउँदै पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरुको ज्यानको सुरक्षा गर्न र मुलुक फर्किने वातावरण बनाउन उनले आग्रह गरेकी हुन् । पाकिस्तानको लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवलजस्ता ठाउँमा एमबीबीएस पढ्दै गरेका ८० भन्दा बढी नेपाली विद्यार्थीले इमेल पठाएर ज्यानको सुरक्षाका लागि आग्रह गरेको उनको भनाइ छ । त्यसैगरी, सांसद श्रेष्ठले विद्यार्थीको उद्धारका लागि मन्त्रालयको योजना के छ ? भन्दै प्रश्न गरेकी छन् ।

अगाडि लेखेकी छिन्,‘यस्तो अवस्थामा विद्यार्थीको उद्धारसम्बन्धी मन्त्रालयले के कस्तो योजना बनाएको छ ? इजरायलमा जस्तै चार्टर्ड फ्लाइट गरिन्छ भने कुन अवस्थामा गरिनेछ ? यदि नेपाल ल्याउन नसक्ने स्थिति भएमा कुन क्षेत्रमा विद्यार्थीलाई राख्ने, बस्ने खानेको व्यवस्था आदि तयारी के कस्तो हुनेछ ? यसबारे जानकारीको माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved