काठमाडौँ । नेपाल बैंक लिमिटेडले बैंकबाट फोन गरेको भन्दै व्यक्तिगत विवरण मागेर ठगी गर्नेहरू बढेकोले सतर्क रहन आग्रह गरेको छ । मंगलबार बैंकले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
विभिन्न सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर, युट्युब, टिकटक, ह्वाट्एप, इमो, भाइवर)मार्फत विभिन्न व्यक्ति वा समूहहरूबाट नेपाल बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटो, झुटा विवरणहरू, इमेल तथा लिंकहरू प्रयोग गरी ठगी गर्ने गरेको पाइएको छ ।
