Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भण्डारी सेवा समाज, नेपालकाे १६ औं बार्षिक साधारणसभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 5, 2025
162 shares

जाेगविर भण्डारी । भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) को १६ औं बार्षिक साधारणसभा मिति २०८२ वैशाख २० गते काठमाडौंको रिङ्गरोड, धुम्बाराही स्थित लर्ड पार्टी भेन्यूमा सम्पन्न भएको छ।

समाजका केन्द्रीय अध्यक्ष श्री बीरबहादुर भण्डारीज्यूले अध्यक्षता गर्नुभएको उक्त सभामा संस्थाको उद्धेश्य अनुसार आफ्नो १ वर्षे कार्यकालको प्रगति विवरण र भावी योजना प्रस्तुत गर्ने क्रममा संगठन निर्माणमा भएको प्रगति, सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न र अप्ठ्यारोमा परेका बन्धुहरुलाई चलाईएको सहयोग अभियान, बन्धुहरुको स्वास्थ्य हितमा काठमाडौंका विभिन्न नीजि अस्पतालहरुमा यस समाजले गरेको उपचार छुट सम्बन्धि सम्झौता वंशावली निर्माणको चालिएको कदम र सबै रघुवंशी, कौशिक गोत्रीय भण्डारी क्षेत्रीलाई वंशावली मार्फत समेट्ने योजना, सबै बन्धुहरुले गौरव गर्ने “कौशिक ऋषि आश्रम” निर्माण योजनाको बारेमा प्रष्टसग आफ्नो धारणा राख्नुभयो। त्यसैगरी संस्थाका वरिष्ठ उपाध्यक्ष श्री रामकुमार भण्डारीले संस्था स्थापना गर्नुको मुख्य लक्ष र उद्धेश्य, कौशिक गोत्रीय क्षेत्री भण्डारीको संस्कार, रास्ट्र निर्माणमा कौशिक गोत्रीय भण्डारी क्षेत्रीले गरेको महत्त्वपूर्ण एवं ऐतिहासिक योगदान, संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्तमान नेतृत्वको समितिले गरेको १ वर्षको अबधिमा गरेको कामको बारेमा प्रभावकारी ढंगले मन्तव्य राख्नुभएको थियो।

 

स्वदेश तथा बिदेशबाट उल्लेख्य संख्यामा कौशिक गोत्रीय भण्डारी क्षेत्री बन्धुहरुको उपस्थित रहेको कार्यक्रममा संस्थाका प्रमूख संरक्षक, पुर्व अध्यक्ष एवं कौशिक गोत्रीय, क्षेत्री भण्डारीहरुको पहिलो संस्करणको वंशावली प्रकाशक श्री जिवनकुमार भण्डारीज्युको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष, बागमती प्रदेश इन्चार्ज, संगठन बिभाग प्रमूख श्री कुमार भण्डारीले स्वागत मन्तव्य राख्दै १ वर्षमा संस्थाले गरेको संगठन विस्तारको प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो।

संस्थापक अध्यक्ष श्री ध्रुबबहादुर भण्डारीले संस्था स्थापनाको उद्देश्यको बारेमा धारणा राख्नुभएको थियो भने संस्थाका उपाध्यक्ष श्री पुर्णजङ्ग भण्डारीले संस्था स्थापनाको औचित्यता पुष्टि हुँदै गएको बताउनुभयो। त्यसैगरी संस्थाका वरिष्ठ सल्लाहकार श्री क्षेत्रबहादुर भण्डारीज्यूले कौशिक गोत्रीय भण्डारीहरुको संस्थाको ईतिहास, कौशिक गोत्रीय क्षेत्री भण्डारी बन्धुहरुलाई समेट्न गरिएको प्रयासको बारेमा आफ्नो अनुभव राख्नुभएको थियो।

 

अर्का बरिस्ठ सल्लाहकार श्री बमबहादुर भण्डारीले रघुवंशको इतिहास, रघुवंशको कौशिक गोत्रीय भण्डारी क्षेत्रीसगको सम्बन्धको बारेमा भारत वर्षको ईतिहास र तथ्यसहित धारणा राख्नुभएको थियो। संस्थाका महासचिव श्री राधाकृष्ण भण्डारीले संस्थाको प्रतिवेदन र बिधान संसोधन सम्बन्धि प्रस्ताव र कोषाध्यक्ष श्री रामहरी भण्डारीले राख्नुभएको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारीत भएको थियो। उक्त अवसरमा संस्था संस्थापक मध्येको एक र पुर्व महासचिव श्री माधव भण्डारीले संस्था स्थापनाको उद्देश्य र कौशिक गोत्रीय सबै दाजुभाईलाई समेट्न गरिएको प्रयासको बारेमा जानकारी गराउन्नु भएको थियो।

त्यसैगरी संस्थाको केन्द्रीय सदश्य एवं महिला बिभाग प्रमूख डा. भद्रा भण्डारीले बन्धु एकता र भातृत्त्व भावनाको बारेमा रोचक उदाहरण सहित मन्तव्य राख्नुभएको थियो । ईतिहासविद प्राज्ञ श्री शिवबहादुर भण्डारीले भण्डारीको इतिहास बुझ्न सभ्यता र संस्कृतिको बारेमा पनि अध्ययन गर्नपर्छ भन्नुभयो। उक्त कार्यक्रममा उपस्थित कौशिक गोत्रीय भण्डारी क्षेत्रीहरुमध्ये वरिष्ठ समाजसेवी व्यक्तित्त्व जेष्ठ नागरिक समाज, टोखा, काठमाडौंका अध्यक्ष श्री ज्ञानबहादुर भण्डारीले रघुवंशी, कौशिक गोत्रीय भण्डारी बन्धु सबैलाई समेटेर अगाडि बढन आग्रह गर्नुभयो। संस्थाका उपमहासचिव श्री बद्री भण्डारीले संचालन गर्नुभएको बार्षिक साधारणसभामा धादिङ निलकण्ठ नपाका पुर्व उपमेयर श्री मनराज भण्डारी, जिल्ला अध्यक्षहरुमा गोरखाका अध्यक्ष श्री क्षेत्रजङ्ग भण्डारी, सिन्धुपाल्चोकका अध्यक्ष श्री टीकाध्वज (कमल) भण्डारी, रामेछापका अध्यक्ष श्री रमेशकुमार भण्डारी, धादिङ्गका अध्यक्ष श्री बिनोद भण्डारी, दोलखाका अध्यक्ष श्री पुर्ण भण्डारी लागायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

बिक्रम सम्बत २०८२ को क्यालेन्डर समेत लोकार्पण गरिएको कार्यक्रममा, क्यान्सर पीडित धादिङ्गका बन्धु श्री भिमबहादुर भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै वहाँको सहयोगार्थ सामाजिक उत्तरदायित्व बिभागले चलाएको अभियान मार्फत संकलित रकम रु २२४९०५ रु दुई लाख चौविस हजार नौ सय पाँच बिरामीको परिवारलाई हस्तान्तरण गरिएको थियो।

संस्थाका केन्द्रीय सदस्य एवं रास्ट्रीय कलाकार श्री रामहरी भण्डारीको नेतृत्वमा अत्यन्तै रमाइलोसग साङ्गितिक प्रस्तुति प्रस्तुत गरिएको थियो। त्यसगरी धदिङ्ग धुनीबेसीका बन्धु श्री मधुसूदन भण्डारीले संदेशमुलक खैजडी भजन प्रस्तुत गर्नुभएको कुरा संस्था का निबर्तमान महासचिव माधब भण्डारी ले बताउनु भयो !

सोही अवसरमा रास्ट्र एवं समाजलाई अतुलनीय र अत्यन्तै महत्त्वपूर्ण योगदान पुर्याउनु भएका अग्रज बन्धुहरु श्री ज्ञानबहादुर भण्डारीज्यू, श्री क्षेत्रबहादुर भण्डारीज्यू, श्री बमबहादुर भण्डारीज्यू र संस्थाका पुर्व अध्यक्ष श्री केशरबहादुर भण्डारीज्यूलाई सम्मान गरिएको थियो। संस्थाको कौशिक ऋषि निर्माण योजना र साधारण सभा कार्यक्रम सफल पार्न आर्थिक योगदान गर्नेहरुलाई प्रशंसा-पत्र वितरण गरिएको थियो ।

तेस्तै रु ५,५५५ रकम दिनु भएका बन्धुहरुलाई आजिवन सदस्यता प्रमाणपत्र बितरण समेत गरिएको थियो भने, कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्षले कार्यक्रमलाई सभ्य र भव्यसहित सम्पन्न गर्न महत्त्वपूर्ण योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा बिसर्जन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved