Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भैरहवास्थित भिम अस्तालले,सुचारु गर्यो जनरल ईर्मेजेन्सीसहित ओपिडी र प्रसूतिसेवा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2021
45 shares

भैरहवा । कोभिडका विरामीको उपचारमा अग्रणी भुमिका खेलेको भैरहवास्थित भिम अस्पतालले आफ्नो जनरल ईर्मेजेन्सी सेवा पुनः सुरु गरेको छ । कोरोनाको दोस्रो लहर समुदायमास्तरमा फैलिन थालेपछि अस्पतालमा कोरोनाका विरामीको भिड थामिनसक्नु भएसंगै प्रदेश सरकारको निणर्य बमोजिम अस्पताललाई पुर्ण कोभिड अस्पतालमा रुपान्तरण गरिएको थियो ।

 

गत बैशाख ६ गतेदेखि अस्पतालमा संचालनमा रहेका अन्य स्वास्थ्यसेवा जनरल ईर्मेजेन्सी, ओपिडी सेवा तथा प्रसूति सेवा बन्द गरी कोरोनाका विरामीको उपचारमा सम्पुर्ण जनशक्ति परिचालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए । अस्पताललाई पुर्ण कोभिड अस्पतालको रुपमा प्रयोग गर्दा जिल्ला तथा जिल्ला बाहिरका थुप्रै कोभिडका विरामीले स्वास्थ्यसेवा प्राप्त गरे । तर अस्पतालका अन्य सेवा बन्द हुंदा दुर्घटनाका घाईते, सर्पदंशका विरामी,प्रसुतिसेवा दिनबाट विरामी बन्चित भएको अध्यक्ष भण्डारीले बताए ।

 

उनका अनुसार अस्पतालको जनरल ईर्मेजेन्सीमा दैनिक सरदर २ सय ५० जनाले स्वास्थ्य सेवा लिने गरेका थिए । वर्षायाम सुरु भएसंगै तराईमा सर्पदंशका विरामीहरु बढ्ने र समयमा उपचार नपाउंदा ज्यान जानसक्ने जोखिमलाई मध्यनजर गरेर ईर्मजेन्सी सेवा सुरु गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । यस्तै अस्पतालले असार १ गतेबाटै बन्द रहेको प्रसूति सेवा, ओपिडी सेला समेत संचालन गरेको जनाईएको छ ।

 

निम्न आयस्तर भएका सर्वसाधारणको भरोसा बनेको भिम अस्पतालले गत पुस महिनादेखि अस्पतालको सेवामा विस्तार गरी बालरोग विशेषज्ञ सेवा,महिला तथा प्रसुति विशेषज्ञ सेवा, जनरल फिजिसियन तथा आँखा सम्बन्धी विशेषज्ञ सेवाको शुभारम्भ गरेको थियो । सामान्य अवस्थामा दैनिक १५ देखि २० जना महिलालाई प्रसुतिसेवा दिने अस्पताललाई पुर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्दा ग्रामिण भेगका महिला यस सेवा बाट वन्चित बन्न पुगेका थिए ।

 

कोरोनाका विरामीको चाप विस्तारै घट्दै गएको र वर्षायामसंगै अन्य रोगको प्रकोप बढ्दै जाने कुरालाई मध्येनजर गर्दै अन्य सेवा सुरु गरेको अस्पतालका सुचना अधिकारी डा. सिद्धार्थ पाण्डेले जानकारी दिए । हाल यस अस्पतालमा कोभिडका २८ जना विरामी उपचाररत रहेका छन् । जसमध्ये ४ जनाको आइएसियुमा, पांच जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । यस्तै १८ जनाको एचडियु र एक जना कोरोनाका सामान्य विरामीको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved