Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मकैबारी दर्याम दर्याम करोड क्लबको बाटो पछ्याउँदै, हिँड्दैछ ट्रेन्डिङ १ मा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 28, 2025
2.9K

रबिन्द्र परियार। अहिले पछिल्लो समय टिकटकमा एउटा गीत निकै भाइरल भइरहेको छ। मकैबारी दर्याम दर्याम, हरियो काँक्रो कर्याम कर्याम, सायद यो गीतमा टिकटक नबनाउने कोही पनि छैन होला। रातारात टिकटकमा हिट भएपछि, युट्युबमा पनि यो गीतले हालसम्म २२ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ। कहिलेकाहीँ फरक शब्द शैलीका गीत संगीत नेपाली बजारमा चल्ने गर्छन् र दर्शकले पनि फरक स्वाद सुन्न हेर्न मन पराउने गर्छन्, त्यही कुरालाई मध्यनजर गर्दै यस गीतका गायक सर्जक विशाल सोनीले केही दिन अगाडि मकैबारी दर्याम दर्याम गीत बजारमा ल्याएका थिए।

विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बनेको यो गीतको शब्द अनि संगीतले धेरैको ध्यान खिचेको देखिन्छ। लोक झ्याउरे प्याटनमा बनेको यो गीतमा , शब्द विशाल सोनीको रहेको छ भने संगीत सन्दीप सेन्चुरीको रहेको छ। त्यसैगरी यस गीतमा स्वर गायक विशाल सनी र गायिका सुषमा शाही ठकुरीको रहेको छ। विशेषगरी मनोरञ्जनकै उद्देश्यले बनेको यो गीत अहिले टिकटकदेखि, युट्युबसँग भाइरल छ। विशाल सोनी लामो समयदेखि नेपाली लोक संगीत क्षेत्रमा संघर्षरत एक गायक हुन्, यस अघि पनि उनका धेरै गीत बजारमा आए तापनि मकैबारी दर्याम दर्यामले जति चर्चा कमाएका थिएनन्, हुन त यसअघि विशाल सोनीले बजारमा ल्याएको (कामी दाईको घनठोकाई)गीतले कहिँ कतै विवाद पनि उत्पन्न गराएको थियो।

तर दर्शकको मनोभावनालाई बुझी दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गायक विशाल सोनीले ल्याएको नयाँ गीतले संगीत बजारमै हलचल मच्चाएको छ। र यो गीत अब करोड क्लबको प्रवेशद्वारमा छ भन्दा फरक पर्दैन। केही दिन यता यो गीत लगातार युट्युबको ट्रेनिङ १ मा परिरहेको छ। एक अन्तर्वार्तामा विशाल साेनीले बताएका छन्,यो गीत बनाउँदा सोचेको थिए कि त गीत एकदमै सुपरहिट हुन्छ कि त सुपर फ्लप, तर गीत दर्शकले मन पराउँदा खुसी छु।

हुन त नेपाली बजारमा अनौठो अनि फरक शब्द राखेर गीतहरू चलेका उदाहरण धेरै छन्, त्यसैमध्ये पर्छ यो गीत पनि, अब दर्शक नै सर्वस्व हुन् दर्शकले नै मन पराएपछि गीत नचल्ने कुरै भएन, जसरी यीभन्दा पहिला बजारमा आएका गीतहरू, अरेली काँडाले, म त ढले ढले, दुश्मन हेरेको हेरै, आदिले इतिहास रचेका थिए यो गीतले पनि त्यस्तै इतिहास रच्ने सम्भावना देखिएको छ। यो गीतलाई विशाल सोनी नामक युट्युब च्यानलमा गएर हेर्न सकिनेछ।

लेखक : रविन्द्र परियार दोहोरी हिट्स युट्युब च्यानलका सञ्चालक हुन् भने यस online मार्फत साङ्तिगिक क्षेत्रका ब्यक्तित्वहरुकाे बारेमा कलम चलाउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved