Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सप्तरीमा बस दुर्घटना, तीन जनाकाे मृत्युु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 28, 2025
29

राजविराज । तिब्रगतीमा रहेको यात्रुवाहक वस अनियन्त्रित भई दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको छ । एक महिला सहित दूई जनाको घटनास्थल मै र एक जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यू भएको हो । दुर्घटनामा २२ जना घाईते भएका छन ।

आईतवार विहान ११ः४५ बजेतीर पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका १० बदगामामा उदयपुरबाट विराटनगर तर्फ जादै गरेको को.प्र.१–०१–००१ ख ३४२० नम्बरको डल्फिन यातायात नामक यात्रुबहक वस दुर्घटनामा परेको हो ।

तिब्र गतिमा रहेको वस चालकले नियन्त्रण गुमाउँदा अचानक सडक मै पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

घटनास्थल इलाका प्रहरी कार्यालय कंचनपुरबाट २ किलो मिटरको दुरीमा पर्दछ । दुर्घटनाको खबर पाए लगतै प्रहरी नायब उपरिक्षक माधव काफ्लेको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाईतेहरुको उद्दार गरी अस्पताल पठाएका थिए ।

प्रहरी नायब उपरिक्षक काफ्लेका अनुसार दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका १ का ७५ वर्षिय रत्न बहादुर मग्राती तथा पहिचान खुल्न बाँकि रहेका ४५ वर्षिया महिला र ४६ वर्षिय पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।

बसले चेपिएर २ जनाको घट्नास्थल मै तथा मग्रातीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । पहिचान खुल्न नसकेका ती दुइ जनाको शव अहिले पोस्टमार्टका लागी गजेन्द्रनारायण सिह अस्पताल राजविराजमा राखी आफन्त पत्ता लगाउने काम समेत भइरहेको उनले बताए ।

प्रहरीका अनुसार उक्त वसमा ३५ जना सवार थिए । जसमध्ये २२ जना घाईते भएका छन । उनीहरुको स्थानीय धर्मेश्वर अस्पताल तथा गम्भिर घाइते २ जनाको विराटनगरमा उपचार भई रहेको छ । घाईतेहरुले गाडी तिब्र गतिमा रहेको र एक्कासी सडक मै पल्टिएको बताएका छन ।

दुर्घटना पछि फरार भएका चालक झापाको मेची नगरपालिका ७ का ४७ वर्षिय अमृत दर्जीलाई खोज तलासका क्रममा केही बेरमै दुर्घट्ना स्थल आसपास क्षेत्रबाट पक्राउ गरिएको तथा वस र चालक दुबैलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved