Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा उपेन्द्र पक्षको बैठक निर्णय : ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2021
1K shares
काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव, चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
उपेन्द्र पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको थियो । उपेन्द्र यादब डा. बाबुराम भट्टराई पक्ष पहिलो अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यस अघि नै निष्कासन गरेका छन् । महन्थ राजेन्द्र पक्षले पनि उपेन्द्र यदाव निष्कासन गरेको छ । ओली सरकारमा उपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई निर्वाचन आयोग वैधता दिएको छैन् ।
आयोगले एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको छ। उपेन्द्र यादब र डा.बाबुराम पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने भएको छ । बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ । बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
बाढी पहिरो पीडितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह समेत गरेको छ । पहिलो अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका उपेन्द्र र बाबुराम पक्षको बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भन्दै पार्टीको बैठक नबोलाइएको बताएका छन् । महन्थ ठाकुर पक्षले विज्ञप्ती जारी गर्दै उपेन्द यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णय अमान्य हुने भनेका छन् । ठाकुरले अनाधिकृत बैठकमा सहभागी नहुन सदस्य र पदाधिकारीलाई आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved