काठमाडौं । काठमाडौं उपत्यकाका सात वृत्तहरूका प्रमुख तथा डीएसपीहरू हेरफेर भएका छन् । यसैगरी प्रहरी वृत्त नयाँ बानेश्वरमा जिल्ला प्रहरी परिसर काठमाडौंका मुद्दामा कार्यरत हरि खतिवडालाई पठाइएको छ ।
भने प्रहरी वृत्त थानकोटमा डीएसपी एलिजा गिरीलाई जिम्मेवारी दिइएको छ । यसैगरी प्रहरी वृत्त कीर्तिपुरमा राजबाबु महर्जनलाई पठाइएको छ भने प्रहरी वृत्त बालाजुमा ज्ञानबहादुर बिष्टलाई पठाइएको छ ।
प्रहरी वृत्त कालिमाटीको जिम्मेवारी मधुकुमार थापालाई दिइएको छ । यसैगरी ललितपुरस्थित प्रहरी वृत्त चापागाउँमा यमकुमार श्रेृष्ठ र भक्तपुरको प्रहरी वृत थिमिमा नवराज ढुंगानालाई जिम्मेवारी दिइएको छ ।
