Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समानता, न्याय र समृद्धिको साझा यात्रामा आमूल परिवर्तन नागरिक पार्टीको एकतामा इमानदारी आवश्यक छ। दलमर्दन कामी, अध्यक्ष – आमूल परिवर्तन नागरिक पार्टी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 23, 2025
174

देशको चौथो अंग, “सूचना चौतारी ” मार्फत म, आमूल परिवर्तन नागरिक पार्टीको अध्यक्षको हैसियतले हाम्रो पार्टीको उद्देश्य, मार्गदर्शन र दिगो समृद्धिका लागि हाम्रो दृष्टिकोण प्रस्तुत गर्दैछु। मलाई विश्वास छ, यहाँहरूले यस अभिव्यक्तिलाई गम्भीरतापूर्वक पढ्नुहुनेछ र सकारात्मक सुझाव दिनुहुनेछ।

हाम्रो पार्टीको साझा उद्देश्य भनेको समतामूलक समाज निर्माण, शान्ति, स्वतन्त्रता, समान अधिकार, न्याय, विकास र समृद्धिको माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हो।

हरेक विविधतामा एकता एक्यवद्धतामा प्रतिबद्धता पार्टीको बिस्तार गर्दै बैकल्पिक शक्ति गर्ने आधार स्तम्भ होभने देशको गौरव र पहिचान बिश्वको सामु हाम्रो एक उदाहरण सम्पत्ति हो ।

नेपाल भौगोलिक, भाषिक, सांस्कृतिक र धार्मिक रूपमा विविध देश हो। यही विविधता हाम्रो देश समृद्ध गर्ने पहिलो शक्तिको आधार हो। यही विविधतालाई आत्मसात गर्दै हामीले देशमा एकता, सहकार्य र समावेशीतालाई सुदृढ बनाउनु सक्छौ नत्र असम्भव छ ।तर यसका लागी पार्टीका जिम्मेवार नेतृत्व, नेताकार्यकर्ता र आम नागरिकको सक्रिय सहभागिता सहित कामकार्वाहीमा परिपक्वता साथ इमानदारीको अपरिहार्यता छ। सबै समुदायका अधिकार र सम्मानको रक्षा गर्दै, सामाजिक न्याय र समावेशी समृद्धिको लक्ष्यमा हामी अग्रसर हुनुपर्छ।

हामी आम नेतृत्व नेताकार्यकर्ता हाम्रो पार्टीले निम्न विषयहरूमा प्राथमिकता साथ कृषि आत्मनिर्भरता र आधुनिक कृषि प्रणाली ,पर्यटन आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन,शिक्षा गुणस्तरीय, व्यावसायिक र सर्वसुलभ शिक्षा,स्वास्थ्य सबैका लागि पहुँचयोग्य स्वास्थ्य सेवा,पूर्वाधार विकास यातायात, उर्जा, सञ्चार र आवास विकास लगायतका क्षेत्रहरूमा सुधार ल्याएर मात्र हामी दीगो, न्यायपूर्ण र समावेशी समृद्धिको ढोका खोल्न सक्छौं।

यसका निम्ति नेतृत्वमा इमानदारी, आचरणमा पारदर्शिता हाम्रो पार्टीको नेतृत्व पद सौभाग्य होइन, जिम्मेवारी हो। पदलाई बार्गेनिङको विषय होइन, राष्ट्रप्रेम र सेवाभावले भरिएको अवसर मान्नुपर्छ। नेतृत्वले आफ्ना कार्यदिशा, आचरण र व्यवहारमार्फत उदाहरणीय बन्नुपर्छ। जब नेतृत्व स्वयं इमानदार, पारदर्शी र उत्तरदायी हुन्छ, तब जनता पनि विश्वासका साथ त्यो मार्गमा अघि बढ्न प्रेरित हुन्छन ।

म आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्षको हैसियतले पार्टीका सबै नेताकार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई आग्रह गर्दछु—हामी नारा र भाषणमा मात्र सिमित हुने होइन, व्यवहारमा इमानदारीता रहेर पार्टीको नीति कार्यान्वयनमा अग्रसर बन्नुपर्छ।हाम्रो यसप्रकारको निष्ठावान नेतृत्व र समर्पित कार्यदिशाले मात्रै समाज रूपान्तरण र मुलुकको समृद्धि सुनिश्चित गर्न सकिन्छ ।

हामीले चाहेको समृद्धि कुनै एक व्यक्तिको उद्देश्य होइन यो सम्पूर्ण नेपाली जनताको साझा सपना हो। त्यसैले, यस यात्रामा प्रत्येक नागरिक, समाजका अग्रणी व्यक्तित्व, बुद्धिजीवी, युवा, महिला, श्रमिक, किसान सबैको सहभागिता आवश्यक छ। सचेत, जागरुक र एकजुट नागरिक मात्र परिवर्तनको वाहक बनेर लोकतान्त्रिक उपलब्धिहरूको रक्षा हुनेछ ।

विगतमा हजारौं जनताले उत्पीडन, उपेक्षा र अन्यायको विरुद्धमा बलिदान दिएका छन्। उनीहरूको रगत, पसिना र संघर्षकै कारण लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता स्थापित भएको हो तर पछिल्लो समय केही नेताहरू सत्तामा पुगेर जनताको सेवाभन्दा व्यक्तिगत स्वार्थमा रमाउन थालेका छन्। यसले समृद्धिको मार्गलाई अवरुद्ध गरेको छ।
हामी समुदाय, समाज र राष्ट्रको सेवामा समर्पित हुन्छौं, त्यतिबेलामात्र साँचो सफलता सम्भव हुन्छ र हामी राष्ट्र, राष्ट्रियता र जनताको सेवामा पूर्ण रूपमा समर्पित भएर असल नियत, इमानदारी र समर्पण नै हाम्रो पहिचान होस् भन्ने दृढ संकल्पका साथ हामी अघि बढेकाछौं ।

हाम्रो मुलुकको भविष्य हाम्रो हातमा छ। एकता, इमानदारी र सहकार्यका साथ हरेक नेपालीले आफ्नो जिम्मेवारी वहन गरे मात्र हामीले समृद्ध नेपाल र सूखी नेपालीको सपना साकार पार्न सक्छौं र हाम्रो विविधतामा एकतामा साझा उद्देश्यमा हाम्रो यात्रा समृद्धिको दिशामा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved