Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भ्रष्टाचारमा दोषी ठहर भएका अवकाशप्राप्त कर्मचारीले पेन्सन नपाउने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 23, 2025
15 shares

काठमाडौं । अबदेखि भ्रष्टाचारमा दोषी ठहर भएका अवकाशप्राप्त कर्मचारीले पेन्सन (निवृत्तिभरण) पाउने छैनन्। संघीय निजामति सेवा विधेयकमाथि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा उक्त विषयमा सहमति जुटेको हो।

समिति सभापति रामहरी खतिवडाका अनुसार अदालतबाट भ्रष्टाचार वा गम्भीर नैतिक पतनका फौजदारी अपराधमा दोषी ठहरिएका निवृत्त कर्मचारीको पेन्सन रोक्ने प्रावधानमा सहमति गरिएको हो। सहमति अनुसार भ्रष्टाचार, सरकारी वा सार्वजनिक दस्तावेज किर्ते, राज्यविरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, शरीर वन्धक, जबरजस्ती करणी, बहुविवाह जस्ता मुद्दामा दोषी ठहरिएमा पेन्सन दिइने छैन।

हालसम्मको अभ्यासमा अदालतबाट दोषी ठहरिएका व्यक्ति पेन्सन बुझिरहने गरेका थिए, जुन नैतिकता र कानुनी न्यायको दृष्टिले आपत्तिजनक मानिँदै आएको थियो। यद्यपि, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ ले बहालमा रहेको बेलामा गरिएको भ्रष्टाचारका लागि मुद्दा चलाउन सकिने व्यवस्था गरे पनि, सेवा निवृत्त भएपछि पेन्सनमा असर पर्ने वा नपर्ने भन्ने प्रष्ट थिएन।

यो सहमतिसँगै अब सरकारबाट सेवा लिएर भ्रष्टाचार गर्ने वा गम्भीर आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई राज्यकोषबाट आजीवन सुविधा दिने प्रवृत्तिमा पूर्णविराम लाग्ने भएको छ।

नयाँ प्रावधानलाई विधेयकमार्फत कानुनी रुप दिइएपछि यसले निजामति सेवामा नैतिक आचरणको स्तरलाई थप मजबुत बनाउने र सार्वजनिक विश्वास बढाउने अपेक्षा गरिएको छ। अब भ्रष्टाचारको दोषी ठहरिएपछि ‘अवकाशपछिको जीवन सुरक्षित’ भन्ने भ्रम पनि अन्त्य हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved