Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इसाई धर्मगुरु पोप फ्रान्सिसको  ८८ वर्षको उमेरमा मृत्यु, महासंघ द्वारा दुख ब्यक्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 21, 2025
111 shares
काठमाडौँ ।  परम्परागत मान्यतालाई चुनौती दिँदै विश्वभरका क्याथोलिक चर्चको धारणा परिवर्तन गर्न सफल पोप फ्रान्सिसको सोमबार निधन भएको छ । रोमन क्याथोलिक चर्चको आध्यात्मिक नेताका रूपमा १२ वर्ष बिताएका पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको हो ।
विश्व भरका क्रिस्चियनहरुकाे निम्ति मात्र नभएर सारा नागरिकहरुकाे निम्ति प्रार्थना गरिरका पाेप फ्रान्सिसकाे मृत्युले बिश्वले असल धर्म गुरु गुमाएकाे भन्दै नेपालमा ” राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल” का अध्यक्ष रेभ. उद्धब प्रसाद चिमाेरियाले दुख ब्यक्त गरेका छन्।
पोप फ्रान्सिसले इस्टरका अवसरमा आइतबार शुभचिन्तकलाई अभिवादन गर्न भ्याटिकन बाहिर ह्वीलचेयरमा उपस्थित भएर धेरैलाई चकित पारेका थिए । त्यसको २४ घण्टा नबित्दै उनको निधन भएको हो । फ्रान्सिसको सोमबार स्थानीय समयानुसार बिहान ७ः३५ बजे कासा सान्टा मार्टा भवनस्थित निवासमा निधन भएको भ्याटिकनले जनाएको छ ।
‘आज बिहान ७ः३५ बजे रोमका विशप फ्रान्सिस पिताको घर फर्किनुभयो । उहाँको सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित थियो,’ अपोस्टोलिक चेम्बरका क्यामरलेन्गो कार्डिनल केभिन फारेलको जारी विज्ञप्तिमा उल्लेख छ, ‘उहाँले हामीलाई खासगरी गरिब र सीमान्तकृतहरूको पक्षमा निष्ठा, साहस र विश्वव्यापी प्रेमका साथ बाँच्न सिकाउनुभयो । प्रभु यशुको सच्चा चेलाका रूपमा उहाँको उदाहरणीय कार्यका लागि हामी पोप फ्रान्सिसको आत्मालाई परमेश्वरको असिम दयालु प्रेममा समर्पित गर्दछौं ।’
फ्रान्सिस फोक्सोको निमोनियाका कारण गम्भीर बिरामी परेका थिए । पाँच साता अस्पतालमा बिताएर उनी २३ मार्चमा डिस्चार्ज भएका थिए । त्यसपछि आराम गरिरहेका फ्रान्सिस इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेका थिए । त्यस क्रममा उनले परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वका लागि) विचारको स्वतन्त्रता र सहिष्णुताका लागि आह्वान गरेका थिए ।
पोप फ्रान्सिसको जन्म खोर्खे मारिओ बेर्गोग्लियोका रूपमा अर्जेन्टिना पुगेका इटालीका आप्रवासी परिवारमा भएको थियो । उनका आमाबाबु फासिवादबाट जोगिन पुर्ख्यौली देश इटाली छाडेर भागेका थिए । आमाबाबुका पाँच सन्तानमध्ये जेठा उनी बाल्यकालमै निमोनियाका कारण गम्भीर बिरामी भएका थिए । जसका कारण शल्यक्रिया गरेर उनको फोक्सोको एउटा भाग नै हटाउनुपरेको थियो । त्यसपछि उनले बाँकी जीवनभर संक्रमणको सामना गर्नुपर्‍यो ।
फ्रान्सिस रोमन क्याथोलिक चर्चको सर्वोच्च पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी हुन् । फ्रान्सिस सन् २०१३ मा पोपमा चयन भएको निर्णयले धेरैलाई आश्चर्यचकित बनाएको थियो । उनी दक्षिणी गोलार्द्ध (उत्तर–दक्षिण अमेरिका) बाट पहिलो पटक पोप चयन भएका थिए । सन् ७४१ मा सिरियामा जन्मेका पोप ग्रेगोरी तृतीयको निधनपछि गैरयुरोपेली व्यक्ति विशप अफ रोम चयन भएका थिएनन् ।
त्यसैगरी उनी सेन्ट पिटरको आसन सम्हाल्ने पहिलो जेजुएट पनि हुन् । रोमले ऐतिहासिक रूपमा नै जेजुएटहरूलाई शंकाको दृष्टिले हेर्ने गर्दथ्यो । फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट १६ औंले सन् २०१३ मा स्वेच्छाले पद त्यागेका थिए । उनी झन्डै ६ सय वर्षको अवधिमा स्वेच्छाले पद त्याग गर्ने पहिलो पोप थिए । त्यसपछि करिब एक दशकसम्म भ्याटिकन गार्डेन्समा दुई अवधि पोप रहेका थिए । उनी सन् १९९२ मा ब्युनस आयर्सका सहायक विशप र २००१ मा आर्कविशप बनेका थिए ।
पोपका रूपमा १२ वर्षको अवधिमा उनले थुप्रै नयाँ र नौला कामको सुरुवात गरे । सादा जीवन रुचाउने व्यक्तिको छवि बनाएका उनले ‘इकोनमी क्लास’ को टिकटमा हवाईयात्रा गर्थे । त्यसका साथै उनले प्रायः पादरीहरूले लगाउने जस्तो कालो गाउन नै लगाउने गर्थे ।
उपदेशहरूमा उनले सामाजिक समावेशितालाई प्राथमिकता दिन्थे र विपन्न वर्गलाई ध्यान दिन नसक्ने सरकारको कडा आलोचना गर्थे । पोपका रूपमा उनले इसाई धर्मअन्तर्गतका एंगिल्कन, लुथरन र मेथडिस्ट समूहसँग पनि काम गरे । उनले इजरायल र प्यालेस्टिनी नेतालाई शान्तिका लागि आह्वान गर्न प्रोत्साहित गरे ।
सन् २०२३ मा दक्षिण सुडानको धार्मिक यात्रा गरेका फ्रान्सिसले त्यहाँका नेतालाई द्वन्द्व अन्त्य गर्न आग्रह गरेका थिए । युक्रेन युद्ध भने उनले रुसलाई उक्साएको भन्ने रुसीको दाबीलाई स्वीकार गरे । तर रुस–युक्रेन युद्ध उदेकलाग्दो र क्रूर भएको भन्दै अन्त्य हुनुपर्ने बताए । राजनीतिक रूपमा भने उनले फोक्ल्यान्डमाथि दाबी गर्ने अर्जेन्टिना सरकारको समर्थन गरेका थिए । स्पेनी भाषा बोल्ने ल्याटिन अमेरिकीका रूपमा उनले अमेरिकी सरकारले क्युबासँग ऐतिहासिक सहमति गर्न चाहेका बेला मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गरेका थिए ।
स्वैच्छिक मरण, मृत्युदण्ड, गर्भपतन, मानवअधिकार र पादरीको ब्रह्मचार्यका विषयमा भने उनले कुनै सम्झौता गरेनन् । यौनिकताका आधारमा चर्चले कसैलाई विभेद गर्न नहुनेमा उनी प्रस्ट थिए । तर समलिंगी जोडीले धर्मसन्तान ग्रहण गर्दा बालबालिकाविरुद्ध विभेद हुने उनको तर्क थियो । उनले ‘ईश्वरको योजना नष्ट गर्ने प्रयास’ भन्दै समलिंगीबीचको सम्बन्धलाई भने विवाह भन्न अस्वीकार गरेका थिए ।
कोभिड महामारीका बेला फ्रान्सिसले भाइरस फैलनबाट रोक्न सेन्ट पिटर्स स्क्वाएरमा उनको नियमित धार्मिक भेला बन्द गरेका थिए । त्यसका साथै उनले कोभिडविरुद्ध खोप लगाउने कार्य विश्वव्यापी दायित्व भएको बताउँदै उच्च मानवीय र नैतिक जिम्मेवारी प्रदर्शन गरेका थिए ।
समग्रमा उनी विश्वका सबैभन्दा लोकप्रिय सार्वजनिक व्यक्तित्वमध्ये एक बने । उनी नियमित रूपमा आवाजविहीनहरूको पक्षमा बोले, उपभोक्तावाद र व्यक्तिवादको विरोध गरे र अन्यायपूर्ण आर्थिक संरचनाहरू मानवअधिकारको उल्लंघन भएकामा जोड दिए । पोपका रूपमा भने उनले केही चुनौतीको पनि सामना गर्नुपर्‍यो । केहीले उनलाई बाल यौनशोषणसम्बन्धी मुद्दा टुंगो लगाउन नसकेको आरोप लगाए । उनको कार्यकालमा चर्चविरुद्ध लागेका बाल यौनदुराचारका आरोपले प्रमुखता पाए । उनले ढाकछोपका विरुद्ध ठोस कारबाहीको आह्वान गरे पनि बाल यौनदुराचारी पादरीबारे जानकारी नदिने विशपलाई सजाय दिन पर्याप्त कदम नचालेकामा आलोचना खेपे ।
अर्जेन्टिनाका क्रूर सैन्य शासनको नेतृत्व गर्ने जर्नेलको विरोध नगरेको र अर्जेन्टिनामा चलेको युद्धका बेला दुई पादरी अपहरणको घटनामा संलग्नता रहेको आरोप पनि लाग्यो । सन् १९७६ देखि १९८३ सम्म चलेको उक्त रक्तपातयुद्ध युद्धमा सैयौं मानिस मारिनुका साथै बेपत्ता भएका थिए । हजारौंलाई याताना दिइएको थियो ।
बेपत्ता पारिएका ती दुई पादरी पछि अचेत र अर्धनग्न अवस्थामा फेला परेका थिए । यातना दिइएका पादरीलाई चर्चले गरिब बस्तीमा काम गर्ने अनुमति दिएको थियो । तर उनले त्यो जानकारी सरकारी अधिकारीलाई नदिएको अभियोग लागेको थियो । तर उनले ज्यान जोगाउन देश छाडेर भाग्न खोज्ने धेरै मानिसलाई सघाएका थिए ।
पोप फ्रान्सिसको निधनमा विभिन्न देश तथा अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्पेन, आयरल्यान्ड, पोल्यान्ड, जर्मनी, न्युजिल्यान्ड, इजरायल, इजिप्ट, भारत तथा युरोपेली संघका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य नेताहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved