Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

NCF मा दादागिरी – चाैतर्फी आलोचना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 15, 2025
6 shares

सुमित नेपाली, काठमाडौं । राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) नेपालको हालै सम्पन्न अधिवेशन चौतर्फि विवादित बनेको छ । धरानमा भएको अधिवेशनमा प्रदेशका युवा विभागका प्रतिनिधिहरूलाइ निर्वाचन समितिबाट माथिको आदेश भन्दै धम्की पूर्वक एकोहोरो पेलेर बन्द कोठामा स्वघोषणा गर्दै कार्य समिति चयन गरिएको आरोप लागेको छ ।

एन.सि.एफ नेपालको महिला तथा युवा आयोगको केन्द्रिय अधिवेशन गत साता मात्रै धरानमा सम्पन्न भएको थियो । जसद्धारा
युवा तर्फ अध्यक्षमा लाजरस तामाङ्ग ,उपाध्यक्षमा प्रवेग पोख्रेल, सचिवमा बिर रत्न दोङ्ग(रोज),कोषाध्यक्षमा बिकल थापा चयन भएका थिए भने महिला तर्फ: अध्यक्षमा रिना महर्जन, उपाध्यक्षमा कल्पना पोख्रेल, सचिवमा लक्ष्मी प्रजा,सहसचिवमा मन पाण्डे, कोषाध्यक्षमा भिमा राई चयन भएका थिए । तर हाल उक्त अधिवेश सम्पन्न गर्न एनसिएफका केहि पात्रहरूले अनेक प्रपंच रचेको भन्दै चौतर्फि आलोचना भईरहेको छ ।

सामाजिक सञ्जालमा चर्को आलोचना
सातै प्रदेशका प्रतिनिधीबाट केन्द्रीय पदाधिकारी चयन गरिएकोमा अधिवेशन र अध्यक्ष ज्ञान बहादुर (लाजरस) तामाङ्गलाइ लक्षित गर्दै विभिन्न प्रदेशका युवा विभागका प्रतिनिधिहरूबाट नै सामाजिक सञ्जालमा चर्को आलोचना सहित असन्तुष्टिका पोस्टहरू देखिन थालेको छ ।

३ वर्ष अगाडिको निर्वाचन आचार संहिताको माइन्यूट यतिबेला सामाजिक संजालमा छरपस्ट भएको छ । त्यसमा उल्लेख गरिएका केहि निर्णयहरूले सबैको ध्यान खिचेको छ ।

एकाएक ३ वर्ष अगाडिको माइन्यूट अहिले बाहिरिनुको कारण ?

सुर्खेतको एक होटलमा मिति २०७८ फागुन २३ गतेका दिन प्रादेशिक युवा तथा महिला विभागको अधिवेशनको बारेमा नेपाल राष्ट्रिय मण्डली संगतिको अध्यक्ष रेभ.हनोक तामाङ (सूर्य ब.बल ) को अध्यक्षतामा बैठक बसि निर्णय पारित गरिएको खुल्न आएको छ ।

निर्वाचन समिति गठन र निर्वाचन आचार संहिताबारे प्रस्ताव गरि हिमाल राईको संयोजकत्वमा वीर बहादुर कार्की, लाजरस तामाङ र ज्योति भट्टराईलाई केन्द्रीय समितिको तर्फबाट निर्वाचन समिति रहने निर्णय गरि निर्वाचन आचार संहिता बनाइएको थियो ।

निर्णयको बुँदा नं १ मा – ” एउटै पदमा दुई कार्यकाल भन्दा बढी रहन नपाउने । ” बुँदा नं २ मा -“अध्यक्षको प्रत्याशीले एक कार्यकाल प्रादेशिक समितिमा रहेर काम गरेको हुनुपर्ने ” र बुँदा नं ३ मा – ” प्रदेश समितिको युवा तथा महिला विभागको अध्यक्षको प्रत्याशी प्रदेश समितिको अध्यक्षको एकाघरको छोरा/ छोरी वा श्रीमती बन्न नपाउने ” भनि निर्णय गरि क्रमश: हनोक तामाङ, वीरबहादुर कार्की, हिमाल राई, वीर ब. राना, डम्बर ब. गुरुङ, ज्योति भट्टराई र लाजरस तामाङले हस्ताक्षर गरेका थिए।

उक्त निर्णयमा हस्ताक्षर गरेका व्यक्तिहरूसंग यस विषयमा शालोम मिडियाले सम्पर्क गरि सत्यत्थ्य बुझ्न केही प्रश्नहरू गरिएको थियो ।
प्रश्नः (तत्कालिन समयमा बनाइएको आचार संहिता अहिले किन कार्यान्वयन गरिएन ? उक्त निर्णयमा कसरी हस्ताक्षर गरियो ? )

हस्ताक्षरकर्ताहरूको स्पष्टीकरण

पा.हनोक तामाङ (अध्यक्ष) – “म १३, १४ वर्ष पछि एन.सिफ.एफ मा आएको हो । मैले पहिला विधान पढेको थिइनँ । विधान सम्मत नभएकाले यो निर्यण कुनि कहाँ बसेर लेखियो, यो पनि थाहा छैन । केन्द्रको विधानसंग म्याच नखाएकोले हामीले कार्यन्यवयन गरेनाै । विधानहरू परिवर्तन भएको रहेछ । मलाइ अवगत थिएन । “

पा.बीर बहादुर कार्की (निर्वाचन समिति संयोजक)– “कसरी लेख्छन् । कहाँ सिग्नेचर गराउँछन् । केहि पनि भन्न सक्दिन। कसरी गराए केहि पनि भन्न सक्दिन । ल्याउँछन् । लेख्नछन् के । आँखा चिम्लेर सिग्नेचर गरिन्छ । अफिसमा बुझ्नुस न एक पटक । “

पा.डम्बर ब. गुरूङ – “सुर्खेतको होटलमा मैले सिग्नेचर गरेको हुँ । म भर्खर NCF को प्रदेशको उपाध्यक्षमा आएको थिएँ , त्यो बेला पा. हिमालले कुन इन्टेनसनले गर्नु भो त्यो थाहा छैन । एउटा गुरूजनले भनेको कुरा ठिकै होला भनेर उहाँले साइन गराउँदै ल्याउनु भो । मपनि त्यहाँ सगै थिए । मिटिङ बसेर छलफल भन्दापनि उहाँले माइन्यूट लेखेर यहाँ साइन गर्नु पर्यो भनेकोले यो ठिकै त होला भनेर, उहाँले भलाइकोलागि गरेको होला भन्रे बुझे र मैले विश्वासमा साइन गराउँदै ल्याउदा । मेरोपनि नाम लेख्नु भएको रहेछ। मैले साइन गरेको हो। “

पा.विर ब. राना – “यो NCF काे विधानमा आउने निर्णय होइन तर चुनावको आचार संहिता मात्रै हो । एउटै परिवारको मान्छेहरू एउटै कमिटीमा नहोस् भनेर हो । हामीलाइ चयनमा सजिलोपनि भयो । सरसल्लाहद्वारा लेखियो । कहाँ लेखियो थाहा भएन । यसमा मैले दस्तखत चाँहि गर्या हो । “

ज्योती भट्टराइ- “एउटै परिवारको मान्छेहरू नदोहोरियोस् भनेर हो । मिटिङ गरेर उनीहरूले तयार गरेको कुरा मैले सुनेर बुझेर माइन्यूटमा साइन गरेको हो ।”

पा.हिमाल राई (निर्वाचन समिति )– “यो मैले नै लेखेको हो । हाम्रो विधानमा चाँहि छैन तर हामीले बनाएका थियाै तर हाम्रो साथीहरू नै विधान सम्मत भएन भनेर साथीहरू उठ्नु भो । साधरणरसभाबाट अनुमोदन हुन पर्ने भएन र पारित नभएपछि यो स्विकार्य भएन । किनकि संस्थाको विधान मा २ कार्यकाल, ३ कार्यकाल छैन भन्ने भएपछि साथीहरूबाट स्विकार भएन , त्यहि भएर साथीहरूबाट मान्य भएन । यो आचारसहिंतालाइ साधारणसभामा लग्दा सस्थाको नियम विपरित हुनेभएकाले यो मान्य छैन, भएन । “

युवा विभाग अध्यक्ष लाजरस तामाङ्ग- ” साइन मैले गरेको हो । यो बारे निर्वाचन समितिलाइ सोध्नुहोला, कुरा क्लिएर हुन्छ । कहाँ गरेको ? कुन ठाँउमा , बैठक बसेको सबै उहाँहरूलाइ सोध्नुहोला । ” भन्ने रेडिमेड जवाफ दिएर पन्छिन खोजे । अरू प्रश्नहरूको उत्तर दिन चाहेनन् ।

लुम्बिनी प्रदेशमा आचारसंहिता लागू
यहि निर्वाचन आचार संहिता लागु गरि लुम्बिनी प्रदेशमा पनि अधिवेशन गरिएको खुल्न आएको छ । लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष पा.हेम दाससंग पनि सम्पर्क गरि उत्तर खोज्ने प्रयास गर्‍यौँ। पा. हेम दासका अनुसार ” यो निर्णय ३ वर्ष अगाडि मलाइ हटाउनलाइ र हाम्रो परिवारका सदस्यहरूलाइ रोक्न मात्र बनाएको निर्णय हो । यसले टाठोबाठोलाइ फाल्ने काम गर्यो । नैतिक प्रश्न उठ्छ । विधान नहेरी बाटो बाटोमा आचार सहिंता बनाउनु भनेको राम्रो नियत होइन । अब केन्द्रिय नेतृत्व चयन हुनुपर्छ । ” भनेर जानकारी दिए ।

पा.हेम दास (पूर्व अध्यक्ष, लुम्बिनी प्रदेश)- “यो निर्णय सुर्खेतमा बनाइएको हो। विशेष गरेर यो मलाई नै फोकस गरेर बनाइएको हो। यो एन.सी.एफको विधान अनुसार छैन भनेर त्यतिबेला नै यसलाई खण्डन गरेको हो । मलाई नै फोकस गरेर बनाइयो र पूर्णरूपमा लुम्बिनी प्रदेशमा लागू पनि गरियो। त्यतिबेला लुम्बिनी प्रदेशको नेतृत्व मैले गरेको थिएँ। त्यो एनसीएफको विधान अनुसार छैन । यो आचारसंहिता बनाउनु नै गलत हो। यो उहाँहरूको नैतिकता हो ।

लाजरस तामाङले नै सिग्नेचर गरेकोमा फेरि तेस्रोपटक उठेकोले उसको नैतिकता माथि नै प्रश्न उठेको छ। एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने भन्ने आचार संहिता बनाएको हुनाले फेरि एनसीएफमा तेस्रोपटक नियुक्ति भएकोमा गम्भीर विषय भएको छ र उहाँमाथि पनि नैतिक प्रश्न उठेको छ। र उहाँ आफैले सिग्नेचर गर्नुभएको र एनसीएफका अध्यक्ष हनोक तामाङले पनि सिग्नेचर गरेको छ। उपाध्यक्षले पनि सिग्नेचर गरेको छ। र अन्य थुप्रैले पनि सिग्नेचर गरेको छ। उहाँहरुले चाहिँ इमान्दारी तरिकाले यो आचारसंहिता बनाएको हो भने चाहिँ तल जे हुन्छ माथि पनि त्यही लागू हुनुपर्ने हो। नियम सबैलाई एउटै लाग्छ होला ? उहाँले नै मलाई सुर्खेतबाट मेसेन्जरमा पठाउनुभएको थियो र लुम्बिनी प्रदेशमा चाहिँ चुनावमा पूर्णरूपमा यहि लागू गरियो। यही आचार संहिता देखाउँदै मेरो छोरालाई युथको अध्यक्ष बनाउन मिल्दैन भन्ने कुरा आयो हाम्रो शाखा चर्चको लागि पनि उठाउन मिल्दैन भन्ने कुरा भयो। लाजरस तामाङको पनि बुवा हर्क तामाङ ७ नम्बर प्रदेशमा अध्यक्ष हुनुहुन्छ । प्रदेशमा बुबा केन्द्रमा छोरा । मिल्दो रहेछ। हुँदो रहेछ। ”

उठेका नैतिक प्रश्नहरू

युवा विभागका अध्यक्ष लाजरस तामाङ तेस्रो कार्यकालमा छन् र उनका बुवा हर्कसिंह तामाङ्ग पनि एन.सि.एफ.एन.को सुदुरपश्चिमाञ्चल प्रदेश अध्यक्षमा छन् । युवा विभागका लाजरस तामाङ, महिला विभागकी उपाध्यक्षमा कल्पना पोखरेल र हनोक तामाङ्ग एउटै चर्च आराधना चर्चका हुन् ।

यी घटनाहरूबाट केहि प्रश्नहरू उब्जिएका छन् ।

माथिका प्रमाणहरुले उक्त माइनुट तयार गरी आचारसंहिता बनाउनु एनसिएफको विधान विपरित भएको प्रष्ट देखिन्छ । जसको उद्देश्य केवल व्यक्तिको नीजि स्वार्थ पुरा गर्न मात्र रहेको पाइन्छ । आचारसंहिता बनाएको माइनुटमा हस्ताक्षर गर्ने व्यक्तिहरु नै हाल जवाफदेही नभएको देखिदा एनसिएफको पारदर्शितामाथि नै प्रश्न खडा भएको छ ।

एनसिएफ जस्तो नेपाली भाषी मण्डलीको हितका लागि काम गर्ने गौरवशाली संस्थामा यस्ता अनैतिक र गैरकानुनी कार्यहरु हुनु दुखत हो । यस्ता कार्यहरुले संस्थाको गरिमा गिराउने मात्र नभई समुदायको विश्वासनियता पनि घटेर जान्छ । आमुख व्यक्तिको व्यक्तिगत स्वार्थका लागि बाइबलिय मुल्य मान्यता र देशको कानुननै मिचेर यस्ता खालका गतिविधि गर्नु निन्दनिय छ । यस प्रकारका गतिविधिले नयाँ पुस्तालाई पक्कैपनि सकारात्मक सन्देश दिएको भने छैन ।

एनसिएफको नारा ‘शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर’ (एफिसी ४:३) भन्ने रहेको छ । हाल उब्जीएको परिस्थितिले संस्थाले बोकेको नाराको मुल मर्म नै मरेको देखिन्छ ।
त्यसैले ख्रीष्टियन समुदायको लागि काम गर्ने बाइबलको मुल्य मान्यतामा रहेको भनिएको संस्थामा स्वच्छ र निष्पक्ष अधिवेशन हुनुपर्नेमा संसारिक तवरले दादागिरी शैलीमा आदेश दिने समेतका कार्यहरु हुनु निकै गम्भिर विषय हो । यस प्रति सिंगो समुदाय सचेत हुन आवश्यक छ ।

 

नाेट : NCF संगको अन्य विषयमा हामीले अरुपनि थप तथ्यहरु खोजेका छौ । यसलाई श्रृङ्खलाबद्ध रुपमा प्रकाशन गर्नेछौ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved