काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक श्राेतले जानकारी दिएकाे छ।
राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने समेत पारिवारिक स्रोतले जनाएकाे छ ।
राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।
