आकाश मगर,हेटौडा । न्यु होराइजन ख्रीष्टियन युथ फेलोशिप, सिमरा (बारा) ले आज ३० गते शनिबार ईभान्जेलिकल चर्च हेटौडामा लिफ्टेड भ्वाइसेस नामक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ,उक्त कार्यक्रम सबै मण्डलिका युवाहरुलाई ख्रीष्टमा जागरुक गर्ने उदेश्यले आयोजना गरिएको न्यु होराइजन ख्रीष्टियन युथ फेलोशिपका संस्थापक अभिषेक राजनले बताउनुभयो ।
ठाेकाैँ subscribe याे च्यानललाई
कार्यक्रममा नेपाली ख्रीष्टियन जगतका कुशल गायक राजेश राई र ख्रीष्टियन जगतका चर्चित गायक मुम्बइ भारतका शेलडन बंगेराले सांगितिक प्रस्तुति दिनु भएको थियो भने हामी युवाहरु अबका दिनहरुमा सुसज्जित भई परमेश्वरको काममा लागि सधैं जागरुक रहनु पर्छ भनी पुनःप्रज्जवलित मण्डली, हेटौंडाका पास्टर जय कुमार सिहंले बाइबलबाट बताउनुभएको थियोे ।

उक्त कार्यक्रममा बिरगंज, सिमरा, हेटौडा, काठमाडौं लगायतका क्षेत्रहरुबाट ५०० भन्दा बढी युवाहरु भेला भएको आयोजक समितीका सदस्य बेनी मेथ्युले बताउनुभयो । कार्यक्रम रुबेन राईको प्रार्थनाद्वारा सुरु गरिएको थियो । कार्यक्रम न्यु होराइजन इंग्लिस स्कुलले सिमरा, बाराले प्रायोजन गरेको थियो ।
अब आउने दिनहरुमा युवाहरूलाई ख्रीष्ट केन्द्रित बनाउन यस्ता कार्यक्रम गरिरहनु पर्छ भनी कार्यक्रम संचालक केफास रनपहेलीले बताउनु भयो । कार्यक्रमबाट मानिसहरु निकै आशिषित भएको सहभागिहरुले बताएकाछन ।

