काठमाडौं । प्रहरी महानिरिक्षक (आईजी) भएका दिनदेखि नै विभिन्न प्रकारका राजनीतिक घटनाक्रमको कारण नियोजित रुपमा पार्न खोजिएका नेपाल प्रहरी महानिरिक्षक (आईजी) दीपक थापाको सक्रियताले केही प्रश्नका उत्तर दिएपछि अहिले धेरैको मुख बन्द भएको छ।
राजावादी आन्दोलनका क्रममा चैत १५ गते हिंसात्मक आन्दोलन मच्चाइएको तथा प्रहरीमाथि नै गाडी चढाउने हिसाबले आक्रामक बनेका व्यावसायी तथा राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं पक्राउले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राज्य व्यवस्था समितिमा प्रश्न उठाउने सांसद र न्यायीक छानबिनको माग गर्नेको मुखमा बुझो टालिएको हो।
फरार रहेको दुई सातामा प्रसाईंलाई प्रहरीले भारतको आसामबाट सीमावर्ती जिल्ला झापा हुँदै पक्राउ गरी काठमाडौं झिकाएको छ।
अब उनीमाथि ज्यान लिने, हिंसात्मक गतिविधि मच्चाएकोलगायतका अभियोगमा मुद्दा चलाइनेछ।
दुई सातासम्म अलप भएका प्रसाईंको खोजीमा प्रहरी नायव महानिरिक्षक (डीआईजी) सिद्धिविक्रम शाह नेतृत्वको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रमेश बस्नेत र उनको टीमसहितको टोली खटिएको थियो।
‘राज्य र प्रहरीका निम्ति यसै पनि प्रसाईं फरार हुँदा प्रश्न खडा गरिएर बदनाम बनाउन खोजिएको थियो, अब कानुनी दायरामा ल्याइएको छ’, उच्च स्रोतले भन्यो।
चैत २६ गते राजधानीमा राप्रपाले गरेको सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले आईजी थापामाथि विविध आरोप मात्र लगाएका थिएनन्, दुर्गा प्रसाईंलाई भगाएको संगीन अभियोग पनि लगाएका थिए।
ठाेकाैँ subscribe याे च्यानललाई
तर राज्य प्रशासन प्रसाईंको निरन्तर खोजीनीतिमा सक्रिय रहेको थियो। राज्य व्यवस्था समितिको बैठकमा आई थापाले भनेका थिए,‘हिंसात्मक गतिविधि गरी प्रहरीमाथि नै गाडी चढाउनेगरी आएका प्रसाईंलगायतको खोजीमा हामी सक्रिय छौं। यसमा द्विविधा नलिनुहोला।’
आईजीको फूली लाएको भोलीपल्टदेखि नै विविध प्रकारका राजनीतिक बितण्डालाई सम्हाल्नुपर्ने बाध्यतामा रहेका आईजी थापाले अनुभव, सुझबुझ र प्रहरीको कर्मअनुसार शालिन हिसाबले अनुसन्धानलाई निरन्तरता दिएका छन्।
